नेपाल पत्रकार महासंघ बेलायत शाखामा पोखरेल
धर्मराज अधिकारी,लण्डन, पुस २५-नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा पत्रकार नविन पोखरेल र्सवसम्मत भएका छन । शनिवार चुनावका लागि अन्तिम नामावली प्रकाशन गर्दा समेत अध्यक्ष पदमा अन्यको उम्मेदवारी नपरेपछि उनी र्सवसम्मत भएका हुन । नर्थवेष्ट रेडिङ्ग कलेजमा सम्पन्न उम्मेदवारी मनोनयनमा अध्यक्ष पोखरेलगै बरिष्ठ उपाध्यक्ष बाहेकका अन्य पदहरु र्सवसम्मत भएका थिए । वरिष्ठ उपाध्यक्ष पदमा पत्रकारहरु देवराज आचार्य -चिरन) र विपिन निरौलाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदका प्रत्यासी देवराज आचार्य -चिरन)को प्रस्तावकमा अध्यक्ष नविन पोखरेल र र्समर्थकमा महासचिव नरेश खपांगीमगर रहेका छन । त्यस्तै अर्का प्रत्यासी निरौलाको प्रस्तावकमा चण्डीराज र्राई र र्समर्थकमा कोषाध्यक्ष लिलामान शेरपुञ्जा रहेका छन ।
शाखाको उपाध्यक्षमा दिनेश कुमार परियार,महासचिवमा नरेश खपांगीमगर, सचिवमा धर्मराज अधिकारी र कोषाध्यक्षमा लिलामान शेरपुञ्जा निर्विरोध भएका छन । त्यस्तै सदस्यहरुमा देवी प्रसाद गौतम, रमा लामिछाने, मिलन शर्मा, ऋषिराज बुढाथोकी, नारायण पौडेल-गाउंले), श्याम कुमार लुइंटेल र उमेश निरौला र्सवसम्मत भए ।
बेलुकी ५ बजेसम्म सबै पदमा र्सवसम्मत बनाउने पत्रकारहरुको पहल विफल भएपछि वरिष्ठ उपाध्यक्ष पदमा भने चुनाव हुने लगभग पक्का भएको छ । उद्यपी १४ मा सम्पन्न हुने निर्वाचन अघिसम्म र्सवसम्मत बनाउने पहल हुने बताइएको छ ।निर्वाचन समितिका संयोजक विविसी नेपाली सेवाका पत्रकार भागिरथ योगीले पहिलोपटक हुने साधारण सभा र्सवसम्मत रुपमा सम्पन्न गर्ने सम्पर्ुण्ा प्यागी पत्रकार एवं नेतृत्वमा आउने सवैलाई धन्यवाद दिए । उनले आगामी दिनमा नेतृत्वसंग ठुलो चुनौती रहेको बताउंदै त्यसलाई डटेर सामना गर्ने शाहस विकास होस भन्ने शुभकामना दिएका थिए ।
निर्वाचन मण्डलका सदस्य कानुन व्यवसायी राजु थापाले उपाध्यक्ष बाहेकको सबै पदमा र्सवसम्मत चयन भएको घोषणा गरेका थिए ।
उम्मेदवारी दर्तासंगै र्सवसम्मत भएतापनि पत्रकार महासंघ बेलायत शाखाको निर्वाचन भने जनवरी १४ मा हुनेछ । सो अवसरमा पत्रकारहरु बालमुकुन्द जोशी, शशी पौडेल लगायत करीब दुइ दर्जन बढि सहभागि भएका थिए ।