बाताबरणीय प्रदुषणलाई मध्यनजनरगर्दै प्लाष्टिक जन्य सामाग्री प्रयोग नगर्न अनुरोध
विजय दमासे,गुल्मी,मंसिर २२ गते-बढ्दो बाताबरणीय प्रदुषणलाई मध्यनजनर गर्दै गुल्मी उधोग बाणिज्य संघले कालो प्लाष्टिक तथा प्लाष्टिक जन्य पदार्थ प्रयोग नगर्न सर्बसाधरणलाई अनुरोध गरेको छ । सर्बसाधरणको लागि एक अपिल पत्र जारी गर्दै संघले आग्रह गरेको हो । संघले बिभिन्न सुचाङ्कहरुको मापन गर्दा गुल्मी जिल्लाको बातावरणीय स्थिती राम्रो भएको भन्दै यसलाई कायम राख्नको लागी सर्बसाधरणले सहयोग गरिदिन समेत आग्रह गरेको छ । गुल्मी जिल्लालाई प्लाष्टिक मुक्त जिल्लाको रुपमा चिनाउने अभियानलाई सफल बनाउनका लागि पुष १ गतेबाट कालो प्लाष्टिक तथा प्लाष्टिक जन्य सामाग्री प्रयोग नगर्न निर्देशन समेत गरेको छ ।