|

बस दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु

बैतडी, पुस २ - बैतडी- बैतडीको श्रीकेदार गाविसमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ५९४३ नम्बरको बस श्रीकेदार गाविसको बसालीमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । मृतकको सनाखत भएको छैन ।

दुर्घटनामा दर्जनौं घाइते भएको बताइएको छ । स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरिरहेका छन् ।
स्रोत :कान्तिपुर

Posted by Butwalonline on 6:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बस दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु"

Leave a reply