|

नावालिकालाई बलात्कार गर्नेलाई १४ बर्ष कैदको फैसला

खाँदबारी, पुस ४ - संखुवासभाको खाँदबारी १३ तुम्लिङटारकी एक दलित नावालिकालाई बलात्कार गर्नेलाई जिल्ला अदालत चैनपुरले सोमबार १४ बर्ष कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिस सालिकग्राम कोइरालाको इजलासले सिरहा सितापुर ५ का सोभितलाल मुखियालाई १४ बर्ष कैदको फैसला सुनाएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताए ।

अदालतले उनलाई जवरजस्ती करणी को ३/१ बमोजिम फैसला सुनाएको हो । उनका बाबु सारु नेपालीले दिएको जाहेरीको आधारमा मुद्दाको फैसला गरिएको अदालतले जनाएको छ । खाँदबारी १३ तुम्लिङटारकी ५ बर्षीया दलित नावालिकालाई गत असार १७ गते मुखियाले आफ्नै कोठामा लगेर बलात्कार गरेका थिए ।
                                                                                                                                           स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 6:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नावालिकालाई बलात्कार गर्नेलाई १४ बर्ष कैदको फैसला"

Leave a reply