|

तेजपात आम्दानीको बलियो माध्यम

मुक्तिप्रसाद न्यौपाने
पुस १४ पाल्पा

विगत तीन वर्ष यता पाल्पाली कृषकहरुका लागी तेजपात आम्दानीको बलियो माध्यम बनेको छ ।
जडीबुटीको रुपमा औषधी र औद्योगीक कच्चा पदार्थको रुपमा प्रयोग हुने तेजपात भारत निर्यात हुन लागेपछि कृषकहरुको यसको खेतीतर्फ थप आकर्षण बढेको हो । एक पटक लगाएपछि वर्षैसम्म आम्दानी लिन सकिने र लगाएको तीन वर्षमै पात टिप्न सकिने भएकोले यसको खेतीतर्फ थप आकर्षीत भएका छुन् ।

रुखको पात, रुखैको बोक्रा बिक्रि गरेर मनग्य आम्दानी गरेका पाल्पाली कृषकहरुले एक वर्षमा दश करोड भन्दा बढी रुपैयाको तेजपात बिक्रि गर्दछन् भने जिल्लाको हेक्लाङ्ग, दोभान, कोलडाडा, गोठादी जस्ता एक दर्जनभन्दा बढी गाउ विकास समितिका कृषकहरुका लागी मुख्य आम्दानी मात्र नभइ मूख्य वालीका रुपमा स्थापित भएको छ ।

जिल्ला वन कार्यालयका प्रमुख विष्णु आचार्य भन्छन् पाल्पालाई तेजपातको नामले चिनीने अवस्थामा पुगेको छ हावापानी भौगोलिक भू–वनोट सबै दृष्टिकोणले अत्यन्त राम्रो भएकोले तेजपातको थप विस्तारका कार्यक्रम अगाडी ल्याएको र जिल्लाका नीजि तथा सामुदायिक वनहरुमा वृक्षारोपण गर्ने उद्देश्यले सातलाख विरुवा वितरण गरिएको थियो ।
वन कार्यालयको तथ्याङ्क अनुसार यो वर्षमात्र एक हजार पाच सय टन दालचिनी निर्यात भइसकेको छ । केहि वर्ष अगाडीसम्म उचित मूल्य नपाउादा निराश भएका कृषकहरुले सहजरुपमा निर्यात गर्न र ठाउ–ठाउमा ठेकेदार मार्फत संकलन केनद् स्थापना भएपछि कृषकहरुमा थप उत्प्रेरणा भएको हो ।

कोलडााडा गाविसका कृषक सुनविर गाहा भन्छन् ‘आफ्नो गाविसबाट मात्र एक वर्षमा १ करोड भन्दा बढी रुपैयाको तेजपात र दालचिनी भित्र्याउने गरेको र वार्षीक रुपमा ५० हजार रुपैयौा रुपैया भित्रयाउने १ सय भन्दा बढी परिवार रहेको र हेहि परिवारले वार्षीक रुपमा १० लाख रुपैयासम्म सुगन्धित तेल, मसलाजन्य वस्तु, विभिन्न हर्वल निर्माणका लागी प्रमुख कच्चा पदार्थको रुपमा लिइने तेजपात बिक्रिबाट आफ्नो दैनिक खर्च टार्ने मात्र नभइ त्यसबाट प्राप्त रुपैयााले गाउवस्तिमा सडक निर्माण गरेको सतयवती गाविसका किसान दानबहादुर सिङ्गजाली बताउछन् ।

तेजपात प्रति किलोग्राम ४० रुपैयाा र दालचिनी प्रति किलोग्राम ६० रुपैयामा घरघरबाट बिक्रिहुन लागेपछि जिल्लाका केहि नीजि जंगलमा र ८० बढि सामुदायिक जंगलहरुमा व्यवसायिक रुपमा उत्पादन लिने उद्देश्यले वृक्षारोपण गरी आम्दानी लिन थालिएको छ ।

Posted by Butwalonline on 8:48 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तेजपात आम्दानीको बलियो माध्यम"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु