|

कोरियामा भगवान बुद्धको जन्म भारतमा नभई नेपालमा भएको चर्चा


१४ पुस, सिओल । सामान्यतया भगवान गौतम बुद्ध भारतमा जन्मिएको मान्ने कोरियामा बल्ल उनको जन्म भारतमा नभई नेपालमा भएको चर्चा हुन थालेको छ ।
हालै कोरियाका लागि नेपाली राजदूत कमलप्रसाद कोइरालाले हालै दक्षिण कोरियाका राष्ट्रपति लि म्युन-बाकलाई भगवान बुद्धको जन्मस्थलबारेमा दक्षिण कोरियाका पाठ्यपुस्तकहरुमा उल्लेख गरिएको त्रुटिपूर्ण जानकारी हटाउन अनुरोध गर्दै पत्र लेख्नुभएको थियो । हाल सो पत्रमा उल्लेख गरिएका कुरालाई कोरियाका राष्ट्रिय पत्रपत्रिकाहरुले प्रथामिकताका साथ प्रकाशित गरेपछि सम्वन्धित निकायहरुको ध्यानाकर्षण भएको छ ।२७ डिसेम्बर २०११ को मितिमा उहाले लेखेको पत्रको बारेमा कोरियाबाट प्रकाशित हुने पत्रिका दि कोरिया टाइम्स लगाएतका केही पत्रिकाहरुले प्रमुखताका साथ समाचार छापेपछि कोरियालीहरुको ध्यानाकर्षण भएको छ ।
‘जब भारत बि्रटिशको अधिनमा थियो, त्यसबेला केही बेलायती लेखकहरुले बुद्धको जन्म इन्डियामा भएको भनेर लेखेको त्रुटीपूर्ण कुरालाई विश्वका धेरै देशहरुले अहिले पनि विश्वास गर्छन’- राजदुत कोइरालाले कोरियाली राष्ट्रपतिलाई चार पृष्ठ लामो पत्रमा उल्लेख गर्दै लैख्नुभएको छ । शाक्यमुनी गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो, जुन हाल नेपालमा पर्दछ । यो स्थान इन्डियाको उत्तरी सीमाबाट ३२ किमीको दूरीमा रहेको छ ।र् ँधैरै विद्वानहरुले बि्रटिस अभिलेखलाई आधार मान्दा त्रुटि हुन पुगेको हो । यसले गर्दा हालसम्म पनि बुद्धको जन्मस्थलको बारेमा मानिसहरुलाई द्विविधा उत्पन्न गराएको छू । बि्रटेनको उपनिवेश इन्डिया भएको प्रमुख कारणले यस्तो त्रुटी हुन पुगेको बताउँदै पत्रमा उहाँले भन्नुभएको छ-इन्डिया उपनिवेश भएको कारणले बेलायतले यसको इतिहास अंग्रेजीमा लेख्न थाल्यो र त्यसमा बुद्धको जन्म इन्डियामा भएको भनेर उल्लेख गर्‍यो । यो गल्ती कुनै नराम्रो उदेश्यले गरिएको भने थिएन । १७ औं, १८ औं र १९ औं शताब्दीसम्म लुम्बिनी कुन देशमा पर्छ भनेर उनीहरु अनभिज्ञ थिए । ‘
राजदुत कोइरालाले संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले समेत लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थलको रुपमा विकास गर्न गहिरो इच्छा देखाएको पत्रमा उल्लेख गर्नुभएको छ । उहाँले बि्रटिश संग्राहालयले पनि ७ नोभेम्बर, २०११ मा बुद्धको जन्मस्थल सच्याउँदै नेपाल भनेर उल्लेख गरेको प्रसंङ्गलाई पनि पत्र मार्फत जानकारी गराउनुभएको छ ।
‘सम्माननीय राष्ट्रपतिज्यू समक्ष मेरो विनम्र अनुरोध यो छ कि, कोरियन बच्चाहरु, कलेजका विद्यार्थीहरु, कोरियन नागरिकहरुलाई शाक्यमुनी बुद्धको बारेमा सत्य-तथ्य कुराको जानकारी प्राप्त गर्ने अवसर दिइनुपर्छ ।’ राजदूत कोइरालाले पत्रमा भन्नुभएको छ । दक्षिण कोरियबाट प्रकाशित हुने राष्ट्रिय पत्रिकाहरुमा भगवान गौतम बुद्ध नेपालमा जन्मिएको चर्चा चलिरहदा नेपाली राजदूत कमलप्रसाद कोइराला आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी न्यूजिल्यान्डतर्फ प्रस्थान गर्नुभएको छ ।
                                                                                                          स्रोत :अनलाइन खबर 

Posted by Butwalonline on 3:08 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोरियामा भगवान बुद्धको जन्म भारतमा नभई नेपालमा भएको चर्चा"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु