|

बसले ठक्कर दिंदा ३ पैदलयात्रुको मृत्यु १ घाइते

तनहूँ पुस १५- तनहुँको जामुनेमा बिहीबार राती भएको बस दुर्घटनामा ३ जनाको ज्यान गएको छ  पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको जामुने-३, माथिल्लो गुणादीमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख ६११७ बसले बिहीबार साँझ ४ जना पैदलयात्रुलाई ठक्कर दिएको थियो। मृत्यु हुनेमा जामुने-३, माथिल्लो गुणादीका ४५ वर्षीय राजन रानाभाट, २३ वर्षीय अनिल रानाभाट र ४२ बर्षीय राजन रानाभाट रहेको प्रहरीले जनाएको छ।बसको ठक्करबाट घाइते भएका १६ वर्षीय अश्मित रानाभाटको पोखरामा उपचार भइरहेको छ।पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख ६११७ नम्बरको बसले बिहीबार साँझ जामुने -३ मा ब्रेक फेल भइ ४ पैदलयात्रुलाई ठक्कर दिएको थियो। घटना पछि बस चालक फरार रहे पनि अहिले प्रहरीको संपर्क मा आएको छन|  घटनाका विषयलाई लिएर बिहीबार राती ९ बजेदेखि स्थानीय बासिन्दाले अबरुद्ध पारेको पृथ्वी राजमार्ग शुक्रबार बिहान ३ बजेबाट सुचारु भएको प्रहरीले जनाएकोछ |  
                                                                                                                                    स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 5:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बसले ठक्कर दिंदा ३ पैदलयात्रुको मृत्यु १ घाइते"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु