|

गजल

बिर्सिएकी तिमीलाई, बिर्सननै पर्ने भयो,
नसम्झाउनु घरि घरि ,मनको बसाई सर्ने भयो ।

के नै रहयो अब देखि, पराई तिमी भएपछि ,
अजम्वरि माया हाम्रो तडपीएर नै मर्ने भयो ।

नसम्झाउनु घरि घरि , मनको बसाई सर्ने भयो ।।
पश्चाताप गरेकै थिए , गल्ति मेरो होकि भनि ,

दिलको मेरो गहहरुमा , अर्कैले खेति गर्ने भयो ।
नसम्झाउनु घरि घरि , मनको बसाई सर्ने भयो ।
अजम्वरि माया हाम्रो तडपीएर नै मर्ने भयो ।।

देवि पाण्डे
पाल्पा नेपाल

Posted by Butwalonline on 8:17 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु