रोगप्रतिरोधात्मक क्षमता कसरि बढाउने ?
बालबालिकाहरू जाडो मौसममा बारम्बार बिरामी हुन्छन् । कारण उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता राम्ररी विकसित भैसकेको हुँदैन । त्यसैले उनीहरू शरीरमा पर्ने प्रतिकूल प्रभावसँग लड्न सक्दैनन् । त्यसमाथि खानपानमा पनि उनीहरूको यो नाइँ, त्यो नाइँ भन्ने स्वभावले अझ समस्या बढ्छ । यी सबैको प्रभाव शरीरका साथै छालाले पनि सामना गर्नुपर्ने हुन्छ तर यो मौसममा छालालाई चम्किलो बनाउने र स्वस्थ राख्ने भिटामिन सीयुक्त फलहरू पर्याप्त मात्रामा पाइने भएकाले स्वास्थ्य समस्यासित लड्न सकिन्छ । सबैभन्दा पहिलो काम, जाडो मौसममा पनि पर्याप्त मात्रामा पानी पिउने बानी बसाल्नुपर्छ । साधारणतया जाडो मौसममा गर्मीको तुलनामा २० प्रतिशत पनि पानी सेवन गरिँदैन । वातावरणमा नरमपनको अभाव हुन्छ । यो स्थिति स्वास्थ्यका लागि हानिकारक हुन्छ । अतः बालबालिकालाई यो मौसममा धेरै पानी पिउन लगाउनुपर्छ ।
अदुवा
अदुवा जाडोमा बढी उपयोगी हुन्छ । यसले घाँटीलाई चिसोबाट राहत प्रदान गर्छ । बालबालिकालाई खोकी वा बलगमको समस्या भए अदुवायुक्त चिया पिउन दिनुपर्छ । यसको प्रभावले रक्तसंचार तीव्र हुनुका साथै पाचन क्रियामा पनि फाइदा पुग्छ ।
सुप
जाडोमा सुप बढी मन पराइन्छ । घरमा बनाइएको टोम्याटो सुपले छाला एवं पूरा स्वास्थ्यलाई लाभ पुर्याउँछ । बालबालिकाका लागि टोम्याटो सुप तयार पार्दा त्यसमा बटर तथा मरिच हाल्नुपर्छ । मरिचले पाचनक्रिया बढाउनुका साथै खोकी कम गर्न सहयोग पुर्याउँछ । टोम्याटो सुपबाहेक मटरको सुप, दालको सुप, कोर्न सुप, भेजिटेबल सुप आदि पनि उपयोगी हुन्छन् ।
सख्खर
जाडोमा सख्खरको सेवन पनि उत्तिकै फाइदाजनक हुन्छ । सख्खरमा प्रोटिन, म्याग्नेसियम, मिनरल्स, भिटामिन, पोटासियम, फस्फोरस आदि पर्याप्त मात्रामा पाइन्छ । यसबाट लाभ हुनुका साथै जाडोले सुस्त रक्तप्रवाह तीव्र हुन्छ र पाचनशक्ति पनि बढ्छ ।
अमला
अमलामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । भिटामिन सी तातोमा नष्ट हुने प्रकृतिको हुन्छ तर अमलामा पाइने भिटामिन सी ताप वा अन्य कारणले नष्ट हुँदैन । यसबाट पाचनक्रिया ठीक रहन्छ भने छाला र केशलाई पनि फाइदा पुग्छ । यसले एन्टी ब्याक्टेरियलका रूपमा प्रभावकारी काम गर्छ ।
सुन्तला
सुन्तला जाडो मौसमका लागि वरदान हो । भिटामिन सी पर्याप्त मात्रामा भएका कारण यसले जाडोमा छालाको समस्या एवं रुघा आदिबाट राढा राख्छ । यसको सेवन बेलुकी वा बिहानभन्दा दिउँसो घाममा बसेर गर्नु राम्रो हुन्छ । दैनिक दुईवटा सुन्तला खाएर पर्फ]{ट स्वास्थ्यका लागि पर्फ]{ट डाइट प्राप्त गर्न सकिन्छ ।
कागती
जाडोमा चियाको सेवन बढी मात्रामा गरिन्छ । यो मौसममा कागती चियाबाट बढी फाइदा प्राप्त गर्न सकिन्छ । कागतीबाट प्राप्त हुने भिटामिन सी शरीरका लागि विशेष रूपले लाभदायक हुन्छ । बालबालिकालाई सलादमा पनि कागती खान दिनु राम्रो हुन्छ ।
साभार :साप्ताहिक नारी