|

आशा भित्रको निराशा


मीना देवी भट्टराई,पाल्पा

नेपाली जनताले लोकतन्त्रको प्राप्ति पछि शान्ति हुन्छ, नेपालमा नयाा सम्विधान बन्छ जसमा सम्पूर्ण नेपाली जनताको हक, हित र अधिकारको सुनिश्चित हुन्छ भन्ने कुराको पूर्ण आशा, विश्वास र भरोसा राखेका थिए, जुन आशा पूरा गर्नका लागि ज्यानको बाजी लगाएर, खाई नखाई बाल बच्चा बोकेर आन्दोलनमा होमिय नेपाली जनताहरु ज्।सको परिणाम कसैले ज्यानै गुमाउनु पर्यो भने कतिले बाबु आमा गुमाई टुहुरा हुनु पर्यो, कतिले विधुवा भई असहारा जिवन बिताउनु परेको छ । घाइतेहरुको अझै पनि जीवन र मृत्युको दोसााधमा बााच्नु परेको छ । त्यसै गरी चुनावको बेलामा मिठा—मिठा भाषण गर्ने नेताहरुले कहिले पनि जनताको राशनको बारेमा सोंच्न सकेनन् ।

अहिलेको संविधान सभा भवन नेताहरुको जुहारी खेल्ने रोधी घर बनेको छ । संविधान सभाको म्याद पटक—पटक थप्नुले नेताहरुको सेवा र सुविधा बचाउने दाउ भएको छ । युवा वर्ग भनेका देशका शक्तिशाली शक्ति हुन् तर युवामा निराशा बन्नु पर्ने अवश्थाको सृजना भएको छ । बर्षौं  देखिको लगानी गरी उच्च शिक्षा हासिल गर्दा समेत देशमा रोजगारीको नहुंदा अन्योलमा पर्नु स्वभाविकै हो । अर्कातिर आफ्नै लगानी गरेर भए पनि केहि गरौ भन्ने हो भने पनि देशमा सुरक्षाको अनुभूति गर्न पाईदैन । आखिर नेपाली जनताले सरकारबाट त्यती ठूलो आशा गरेका छैनन्, राजधानीमा महल बनाउने र पजेरामा रमांउने सपना देखेका छैनन् केवल काम र काम अनुसारको माम खोजेका छन् । यस्ता न्यूनतम र सार्थक आवश्यक्ता पूरा गर्न नसक्ने नेताहरुको भाषण सुन्ने चाहाना अब कुनै पनि नेपालीको चाहाना छैंन । बेला बेला सुन्ने गरिन्छ नेपालका युवा विदेश पलायन हुनु हुदैंन आफ्नै देशमा बस्नु पर्दछ भन्ने चर्का नार। केवल फेशन मात्र भएको छ । तसर्थ सारा नेपालीको झिनो आशालाई निराशामा परिणत गरिनु हुादैन ।
मीना देवी भट्टराई
पाल्पा

Posted by Butwalonline on 12:14 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आशा भित्रको निराशा"

Leave a reply