|

२० बर्षको कैदको फैसला सुन्ने बित्तिकै एक थुनुवाको मृत्यु

कपिलबस्तु ,पौष १५ -कपिलबस्तुको कारागारमा एक थुनुवाको  २० बर्ष कैद र दुइलाख नगद जरिवानाको   फैसला सुन्नेबित्तिकै मृत्यु भएको  छ |  मानब बेचबिखन मुद्धामा कपिलबस्तु कारागारमा बन्दि रहेका  ,रुपन्देही साल्झंदी-८ का देब नारण  थारुको मृत्यु भएको हो  |जिल्ला अदालत कपिलबस्तुका  न्यायधिश रामकृष्ण खनालको इजलाशले निजलाई दोषी ठहर गरि  २० बर्ष कैद र दुइलाख नगद जरिवानाको  फैसला सुनाएको थियो | कपिलबस्तु शिबपुरीका एक महिलाले आफुलाई  थारुले  भारतमा लगेर बेचेको भनि उजुरी गरेपछि , मानब बेचबिखन र वसार-पसारको अभियोगमा गत साउन ११ देखि  पुर्पक्षयको लागि कपिलबस्तुको कारागारमा  थुनामा थिए |

Posted by Butwalonline on 3:59 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "२० बर्षको कैदको फैसला सुन्ने बित्तिकै एक थुनुवाको मृत्यु"

Leave a reply