दुर्घटनामा एकको मृत्यु
मुक्तिप्रसाद न्यौपाने,पाल्पा, मंसिर १-पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना १ ख २५०३ नम्बरको रित्तो ट्याङ्कर बुधबार राति दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बुटवल तानसेन सडक खण्ड स्थित तानसेन ११ लामडाँडा पाल्पामा भएको दुर्घटनामा ट्याङकर चालक ३५ वर्षिय दुध बहादुर गुरुङ्गको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घटनामा अन्य दुईजना सहयोगी घाइते भएको र उनिहरुको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भैरहेको छ भने उनीहरुको अबस्था सामान्य रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । ट्याङ्कर सडकबाट ५० मिटर तल खसेको थियो ।