हराउादै छन् माटाका भााडा
मुक्तिप्रसाद न्यौपानेपाल्पा, मंसिर १-पुख्र्यौली पेशा माटाबाट विभिन्न किसिमका भााडा बनाउने त्यसैबाट आफ्नो दैनिक गुजारा चलाउादै आएका पाल्पाका कुमाल समुदाय यतिखेर आफ्नो पुख्र्यौली पेशा र व्यवसायबाट गुजारा चलाउन मुस्किल भएपछि पेशानै संकटमा पर्न लागेको छ ।
माटाका भााडाका सट्टामा अन्य वैकल्पिक ल्पाष्टिकका सामाग्रीको प्रयोग बढ्नु, नयाा पुस्ताले पुर्खाले गरेको कामलाई निरन्तरता नदिनु, प्रतिदिन माटोको समस्या बढ्दै जानु जस्ता कारणले गर्दा माटोको भााडा बनाउनेहरुले आफ्नो पुख्र्यौली व्यवसायबाट हात धुनु परेको हो ।
पाल्पा जिल्लाको सिद्धेश्वर, हुागी, गेझा जस्ता आधा दर्जनभन्दा बढी गाउा विकास समितिहरुमा एक सय भन्दा बढि कुमाल समुदायले माटोबाट विभिन्न वस्तु निर्माण गरि गाउाघर डुलेर अन्नअनाजसाग आफूले भााडा साट्नेहरु मध्ये यतिखेर दुइचार जनालेमात्र आफ्नो पुर्खौली पेशालाई निरन्तरता दिएकाछन् ।
कुटीर उद्योग तथा हस्तकला भित्र पर्ने माटोका भााडा बनाउने उद्योगलाई आवश्यक पर्ने माटो, इन्धनको रुपमा प्रयोग हुने परालको समस्या समेत बढ्दै जानु युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिने प्रवित्ति बढ्नु यस्ता उद्योगहरुलाई जिवन्तता दिनका लागि घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ जस्ता निकायले पहल नगर्दा एक पटक राम्रो पहिचान प्राप्त गर्न सफल भााडा उद्योग हराउन पुगेको उद्यमीहरु बताउाछन् ।
गर्मी मौसममा फ्रिजको रुपमा प्रयोग हुने गाग्रा, भुड्का, बत्ति बाल्न प्रयोग हुने पाला, मकै भुट्न प्रयोग हुने हााडी, फूल रोप्न तथा सजाउनका लागि प्रयोग हुने गमला बनाएर आफ्नो ७ जनाको परिवार पालेका हरि कुमाल भन्दछन्–‘सबै कुराको समस्या थपिन लागेपछि भााडा बनाउनेहरुले वैकल्पिक बाटो खोज्नुपर्र्यो ।’ पर्याप्त मात्रामा जग्गा जमीन नहुनु, स–साना झुपडी, स्वास्थ्य तथा जनचेतनाको कमी गरिबी अशिक्षाले नराम्रोसाग गााजेको कुमाल वस्तीमा सरकारी, गैर सरकारी निकायको समेत ध्यान नपुग्दा उनीहरुको दैनिक जीवन समेत बर्बादी तर्फ धकेलिन पुगेको छ ।

