एन्फा एकेडेमीको टोली नंया दिल्ली प्रस्थान
बुटवल कार्तिक १८-भारतको राजधानी नया दिल्लीमा हुन लागेको ५२ औं सुव्रतो कप फुटवल प्रतियोगितामा सहभागी हुन बुटवलस्थित एन्फा एकेडेमीको टोली आज त्यसतर्फ लागेको छ । एन्फाको फुटवल टिमलाई आज बुटवलमा एक कार्यक्रम गरि विदाई गरिएको थियो । इलिट बोर्डिङ स्कूलका तर्फबाट आयोजित विदाई कार्यक्रममा खेलाडीहरुलाई रुपन्देही फुटवल संघका अध्यक्ष हरि श्रेष्ठ, प्याव्सन रुपन्देहीका अध्यक्ष विष्णु पन्थी लगायतले फुलमाला लगाएर विदाई गर्नु भएको थियो ।
विद्यालयकी प्रिन्सपल इन्दिरा मैनालीको अध्यक्षता, जिल्ला फुटवल संघका महासचिव जगदिश आचार्यको सञ्चालनमा भएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष हरि श्रेष्ठ, प्याव्सनका अध्यक्ष विष्णु पन्थि, पत्रकार महासंघका अध्यक्ष दिपक ज्ञवाली, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, एनपी मैनाली लगायत बोल्नु भएको थियो । अघिल्ला २ संस्करणमा विजेता बनेको नेपाल सहित प्रतियोगितामा भारत, माल्दीभ्स, श्रीलका का ३२ टिमको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा भाग लिन जार्दै गरेको टिमका क्याप्टेन संजय ढुङ्गानाले जित्ने विश्वास व्यक्त गर्दै नेपालको शिर उचो राख्ने बताएको थिए । त्यसैगरि टिमका प्रशिक्षक यम गुरुङले आफ्नो टिमले पहिलो हाफको खेल हेरि आक्रमक प्रर्दशन गर्ने र टिमको डिफेन्स लाइन बलियो भएका कारण जित्ने दावी गर्नु भयो ।