पार्टि फुटन नदिने काग्रेस युवा नेताहरुको प्रतिबद्धता
विनोद परियार ।बुटवल,१२ मंसिर । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीलाई कुनै पनि सर्तमा विभाजन हुन नदिने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पार्टी सिद्धान्त र नीतिलाई संरक्षण गर्दै लोकतान्त्रिक विधिबाट पार्टीलाई अगाडी बढाउनु अहिलेको आवश्यक्ता रहेको क’रामा जोड दिएका छन् ।
नेपाल प्रेस य’नियन, रुपन्देहीको आयोजनामा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यस्तो बताएका हुन ।उनीहरुले शान्ति र संविधानका लागि नेपाली कांग्रेस बलियो बन्नु पर्ने कुरामा जोड दिदै पार्टी भित्र देखापरेको विवादलाई प्रजातान्त्रिक बहस भएको दावी समेत गरेका थिए ।कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीलाई हिजो प्रक्रिया र प्रवृतिबाट अगाडी बढाउन नसकिने क’रामा सबै सहमत भएको भन्दै निर्वाचित नेतृत्व र उसले गरेका निर्णयलाई सबैले स्विकार गर्नुपर्ने धारणा राख्नुभयो ।नेता भण्डारीले शान्ति र संविधानका लागि माओवादीले गरेको त्यागलाई सम्मान गर्दै पछिल्ला घटनाक्रममा आफुलाई सुधार्न आग्रह गर्नुभयो ।
। शिर्ष नेताहरुको चरित्रमा स’धार नआउदासम्म शान्ति प्रक्रिया अगाडी नबढ्ने पनि उहाको भनाई थियो ।त्यसैगरि अर्का केन्द्रीय सदस्य एवं सभासद धनराज गुरुङले पार्टीमा देखापरेको ग’टगत अवस्थालाई य’वा पक्तिले चिरेर अगाडी बढ्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
सभासद गुरुङले शान्ति प्रक्रियालाई विथोल्न विभिन्न शक्ति केन्द्रहरु लागि परेको बताउदै सर्वोच्च अदालतले संविधानसभाको म्यादको विषयमा दिएको निर्णयलाई राजनितिक हस्तक्षेप भएको टिप्पणी गर्नुभयो ।गुररुङले सर्वोच्च अदालतको फैसलाले जातिय द्वन्द्व बढाउने आरोप समेत लगाउनुभयो । अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले प्रजातान्त्रिक अधिकार रक्षाका लागि पार्टीलाई बलियो बनाउने क’रामा कसैसंग सम्झौता हुने बताउनुभयो ।उहाले शान्ति प्रक्रियाको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने धारणा राख्दै दलहरुबीचको सहमति कार्यान्वयनमा भएको ढिलाईले देशलाई द्वन्द्वमा लैजाने टिप्पणी गर्नुभयो । कार्यक्रम य’नियनका जिल्ला अध्यक्ष भवानी पाण्डेको अध्यक्षता तथा सचिव विक्रम खड्काको सञ्चालनमा भएको थियो ।
