वायोडिजेलको विकासका लागि नीति फितलो
सजिवन वायोडिजलको विकासका लागि हाम्रा प्रयास, सम्भावना र दायित्व विषयक कार्यशाला गोष्ठीमा बोल्दै विष्टले द्धितीय तथ्याङ्कमा आधारित भएर काम गर्दा जडिबुटी प्रबद्र्धन केन्द्र बन्द हुन पुगेको बताए । नेपालमा अहिले पनि लगानीको वातावरण बन्न नसकेको बताउादै तुरुन्तै प्रतिफल खोज्ने प्रवृत्तिले गर्दा समस्या उत्पन्न भएको प्रबन्धक विष्टले उल्लेख गरे ।
भैरव दर्शन सजिवन उर्जा प्रबन्धन केन्द्र नेपालको आयोजनामा भएको गोष्ठीमा केन्द्रका अध्यक्ष केशव कार्कीले आफुहरुले वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्न जागरुप हुादाहादै पनि सरकार गम्भिर नभएको बताए । २०६५ सालमा स्थापना भएको केन्द्रले पाल्पामा ५० किलोमिटर बाटोमा सजिवनबाट उत्पादित तेलबाट गाडी चलाएको थियो ।
अहिले पाल्पालाई सजिवनको तेलबाट गाडी चल्ने जिल्लाको रुपमा विकास गर्न सकिने भन्दै केन्द्रका सल्लाहकार रामबहादुर राउतले जिल्लाको फेक गाउा विकास समितिका ५० घरधुरी दलित परिवारलाई सजिवनको तेलबाट बल्ने टुकी प्रदान गरिएको बताए । सजिवन दानबाट तेल निकालिसकेपछिको पिनामा नाईट्रोजन, पोटास र फस्पोरसको मात्रा पाइने भएको हुादा रसायानिक मलको विकल्पको रुपमा पनि यसलाई प्रयोग गर्न सकिने उनको भनाई थियो ।
केन्द्रले पाल्पाको मदनपोखरा गाविसमा एक्सपेलिङ्ग मेशिनको स्थापना गरेर तनेल संकलन गर्दै आएको छ ।
