|

पुच्छरले देश हल्लाउाछ: पराजुली

वि.सं. २०२० सालमा काभ्रेपलाञ्चोक जिल्लामा जन्मिनुभएका कवि अर्जुन पराजुलीसाग मानवअधिकार तथा शान्ति समाजको परिषद् बैठकमा बुटवल आएका क्रममा हाम्रा संवाददाता मुक्तिप्रसाद न्यौपानेसाग भएको अन्तरङ्ग कुराकानी ।

मसाग जस्तो देश तिनीहरुसाग पनि छ....
तिनीहरुको देशमा कुकुरले पुच्छर हल्लाउाछ
तर यहाा पुच्छरले देश हल्लाउाछ ।
हामिसाग जस्तो पैसा तिनीहरुसाग पनि छ....
तिनीहरुको देशमा वायुसेवाले जहाज उडाउाछ
तर यहाा जहाजले वायुसेवा निगम उडाउाछ ।

१. कहिलेदेखी कविता लेखन कार्य शुरु गर्नुभयो ?
सानै उमेरदेखी कथा, कविता, निबन्ध पढ्ने गर्थे त्यस बेलादेखीनै कविता रचना गर्ने र वाचन गर्ने गर्थे ।

२. कसबाट प्रेंरणा पाउनुभयो ?
प्रेरणा त खास यहि भन्ने छैन तर मैले जति पढें त्यसबेला आाफै उत्प्रेरीत भएर लेखन कार्य शुरु गरेको हुा ।

३. धेरै कविता लेख्नुभयो, धेरै ठाउा पनि पुग्नुभएको छ खास के उद्देश्य राख्नुभएको छ ।
देशमा बढ्दो विकृति र विसङ्गतीले शान्तिसाग बााच्न पनि मुस्किल भएको छ, सबैमा चेतनास्तरको अभिवृद्धि भए देश पनि अगाडि बढ्न सक्थ्यो कि ।

४. देशमा व्याप्त राजनीतिले साहित्य सिर्जना गर्ने मान्छेलाई असर पर्ला र ?
असर त परेको छ, राजनीतिक दलहरुले कुनै पनि कार्यको मूल कुरालाई भूलेर अगाडी बढेको देख्दा अचम्म लाग्छ ।

५. सर्वोच्चको आदेशलाई बेवास्ता गरेर गरेको सरकारको फैसला कस्तो लाग्यो ?
सरकारले राष्ट्रपतिलाई गुहार्नु पनि गल्ति हो, कसैलाई सजाय दिनुपर्दा राष्ट्रपति वा सरकारले दिने भन्दा पनि जनता र कानूनले दिने हो ।

६. मानवअधिकार तथा शान्ति समाजका हरेक जसो कार्यक्रममा सागसागै हुनुहुन्छ किन ?
शान्ति समाजको समयको आन्दोलन एवं र यसको समग्र संयन्त्रबाट जुन पैसा विना पनि चाहेमा कार्य गर्न सकिन्छ भनेर उदाहरणीय काम गरेको छ, प्राय मेरो भावना र शान्ति समाजको कार्य मिल्ने भएकै कारण सागै हुन्छ ।

७. अन्त्यमा राजनीतिक दलहरुलाई के भन्नुहुन्छ ?
के भन्नु भन्ने कुरा त जनताले भनिरहेकै छन् ।

८. समय दिनुभएकोमा धन्यवाद ।
तपाईलाई पनि धन्यवाद ।

Posted by Butwalonline on 4:43 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पुच्छरले देश हल्लाउाछ: पराजुली"

Leave a reply