|

पर्यटकीय क्षेत्रमा लगानीगर्ने लगानीकर्ताको अभाव–ढकाल

दुई वर्ष अगाडी पाल्पामा स्थापना भएर पनि जनताको मन जित्न सफल स्टेन्डर्ड फाइनान्स लिमिटेड पाल्पा शाखाका प्रमुख नारायण प्रसाद ढकालसाग बुटवल अनलाईनका लागि पत्रकार मुक्तिप्रसाद न्यौपाने गर्नु भएको कुराकानी ।

१. पाल्पामा बैङ्किङ प्रतिस्पर्धा बढेको हो ?
तुलनात्मक रुपमा बढेको हो प्रतिस्पर्धामा बैङ्कले सेवा सुरु गरेकाहुन् भन्न मिल्दैन । त्यसमा पनि बजार सानो भएको कारणले तिव्र प्रतिस्पर्धा देखिएको हो ।

२. एन आर एन समूहले सञ्चालन गरेको फाइनान्सले कसरी जनताको विश्वास जितेकै हो त ?
छोटो समयमा पनि पाल्पाको हकमा फाईनान्सले नयाा प्रडक्टहरु ल्यराउन पहिलो छ, जस्तै ६ वर्षे डबल मुद्दती योजना, १ वर्षे मुद्दतीमा अग्रिम ब्याज भुक्तानि, कर्मचारी बचतमा विमाको व्यवस्था जस्ता कारणले जनता बढि विश्वस्त भएका हुन् ।

३. पाल्पामा दैनिक डिपोजिडको प्रसंगमा १ करोड जति रेमिटान्सले के सबै बैङ्कलाई पुगेको छ ?
रेमिटान्समात्र भन्दा पनि डिपोजिड मार्केट छ, क्रेडिट मार्केट होईन भन्ने त होइन तर घरजग्गामा बढी लगानी भएका कारण सबैले चाहे जति त किन हुन्थ्यो र तर राम्रै छ ।

४. अन्य बैङ्क तथा फाइनान्सले दिने सुविधा भन्दा यहााबाट खास के पाइन्छ?
यहााको एससीटि नेटवर्कको एटिएम सेवाप्रति जनता आकर्षित छन् जुन नेपालको जुनसुकै मेशिनबाट पैसा झिक्दा २५ रुपैयाा शुल्क लाग्दैन र एटिएम कार्ड खाता खोल्नेलाई दुई वर्षसम्म निशुल्क रुपमा उपलब्ध हुन्छ ।

५. पछिल्लो समय केही फाइनान्स समस्यामा परेका छन् नी ?
हो, केहीमा परेका छन् तर एनआरएन लगानीकर्ताहरुको व्यवस्थापन र जनताको मायाका कारण र पाल्पाली समुदायको मायाका कारण पाल्पामा हामि अगाडीनै छौ ।

६. पर्यटकीय नगरी पाल्पामा बैङ्कहरु आकर्षित हुनुमा त्यस्तो के छ ?
विश्वास सबैभन्दा ठूलो कुरा रैछ, जनतको विश्वास जित्ने बिभिन्न आधारहरु स्टेन्डर्ड फाइनान्स लिमिटेड संग छन् । पर्यटकीय क्षेत्र भएपनि पर्यटनमा लगानी गर्ने लगानीकर्ताको अभाब महसुस् भएको छ ।

७. अन्त्यमा, निक्षेपको अवस्था पाल्पामा कस्तो छ ?
पाल्पामा अझ पनि बैङ्क तथा वित्तिय संस्थामा रकम जम्मा गर्नु भन्दा पनि घरमै राख्ने मानिसहरु पनि प्रशस्त छन् अझैपनि बैकिङ चेतनाको अभाव होला ।

८. समय दिनुभएकोमा धन्यवाद
धन्यवाद

Posted by Butwalonline on 4:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पर्यटकीय क्षेत्रमा लगानीगर्ने लगानीकर्ताको अभाव–ढकाल"

Leave a reply