|

अर्घाखाँचीकी एक एकल महिला, उद्योग संचालनबाट उदाहरणिय

विजय दमासे,अर्घाखाँची,मंसिर २-महिला घरचुलोमा मात्र सिमित रहि अरु केही गर्न सक्दैनन् भन्ने पुख्यौली सोचलाई चुनौती दिदौ अर्घाखाँचीकी एक एकल महिला चाउचाउ व्यवसाय संञ्चालन गरि समाजकै उदाहरणिय व्यक्ति बन्न सफल भएकी छन् ।

२८ वर्षको उमेरमा २०६१ सालमा आफ्नो जिबनसङ्गि गुमाएकि अर्घाखााचीको सन्धिखर्क निबासि रमा के.सीले श्रीमानको मृत्यु पछि पनि चाउचाउ उद्योग संञ्चालन गरि समाजकै उदाहरणिय महिला बन्नुको साथै मनग्य आम्दानी गर्न सफल भएकी हुन् । उनले चाउचाउ व्यवसायबाट छोटो समयमानै नाम कमाउनुको साथै सोही उद्योगबाट घर परिवार चलाउन आफु सक्षम भएको बताएकी छन् ।

कलिलो उमेर अर्थात २८ बर्षको उमेरमा जिवन साथीलाई गुमाउनु पर्ला भन्ने कल्पना नगरेकी रमाले २०६० साल आश्विन २९ गतेको दिन दैवले आफ्ने श्रीमानलाई लगेपछि पतिशोकमा भावबिहोल भएकी रमा भर्खरै संञ्चालन गरेको चाउचाउ उद्योग बन्द गर्न धेरैले आग्रह गरे पनि श्रीमानको उद्येश्य पुरा गर्ने सोचका साथ सोही उद्योगलाई उनले जवरजस्ती संञ्चालन गरेपनि श्रीमनको मृत्यु पश्चायत केही समय अबुझ समाजले उनको उद्योगबाट उत्पादित चाउचाउलाई बहिष्कार गरेपछि उनको उद्योग महिनै सम्म घाटामा गएपछि उनले ऋण खोजेर भएतापनि उद्योगलाई नियमित संचालनमा ल्याएपछि उनको उद्योग अहिले जिल्लाको नमुना उद्योग बन्न सफल भएको छ । उनी भन्छिन्, बिक्रीको लागि श्रीमानको मृत्युपछि मेरो चाउचाउ गाउगाउामा पठाउादा ६ महिना सम्म समाजबाट फलानाको चाउचाउ बहिष्कृत छ कसैले नखानु भनेर हल्ला फौलीएपछि मेरो उद्योग घाटामा गयो, घाटामा गएपनि म ऋण खोजेर ल्याएर भएपनि चाउचाउ उद्योग संञ्चालनमा ल्याए समाजलेनी विस्तारै विस्तारै बुझदै गयो हिमालि चाउचाउ बाट प्रख्यात मेरो चाउचाउ अहिले राम्रो चलेको छ । मेरो उद्योग म अहिले गर्वका साथ भन्न सक्छु जिल्लाकैं नमुना उद्योग हो । यो रमाको भनाई हो । अहिले हुन पनि उनको उद्योग राम्ररी चल्दा उनले लाखौा रुपौयााा कमाउन सफल भएकि छन् । साथै उनि जिल्लाकै प्रतिष्ठित उद्योगपति समेत बन्न सफल भएको छन् । उनले केही कामदार राखि चाउचाउ उद्योग संचालनमा ल्याउदा जिल्लाका केही युवाहरुले समेत रोजगार पाएका छन् । उनि अहिले घरपरिबार सजिलै चलाउन सक्नुका साथै ३ छोराछोरीलाई राम्रो विद्यालयमा पढ्उन समेत सक्षम हुनुका साथै बिभिन्न संघ संस्थामा समेत सानो तिनो लगानि गर्न समेत सक्षम भएको बताउछिन् ।

Posted by Butwalonline on 4:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अर्घाखाँचीकी एक एकल महिला, उद्योग संचालनबाट उदाहरणिय"

Leave a reply