तीन दलद्वारा विशेषज्ञ समितिको कार्यादेश पारित
काठमाडौ, मंसिर २ - प्रमुख तीन दल राज्य पुनर्संरचना विशेषज्ञ समितिको कार्यादेश पारित गरेका छन् । संविधानसभाको राज्यपुनर्संरचना समितिले तयार पारेको प्रतिवेदन लगायतलाई समेटेर सामर्थ्र्य र पहिचानका आधारमा राज्यपुनर्संरचनाका लागि सुझाव दिने विशेषज्ञ समितिको कार्यादेश तोकिएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार बिहान बसेको माओवादी,कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनमा प्रयोग गरिने भाषामा पनि सहमति गरेको छ । तीन दलको कार्यदलले तयार पारेको विशेषज्ञ समितिको कार्यविधिलाई शीर्ष नेताहरुको बैठकले पारित गरेको हो ।
कार्यविधिमा पुनर्संरचना समितिको प्रतिवेदन,त्यसमा उठेका फरक मत, संसदमा दर्ता भएका बिरोध मत, आदिवासी जनजाति सभासदको समूह (ककस) का मागलाई समेटिएको कांग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिए । संविधान संशोधनको कार्यलाई माओवादीको वैद्यपक्ष र ककसले बिरोध गर्दै आएको छ ।
तीन दलले अन्तरिम संविधानमा रहेको राज्यपुनर्संरचना आयोगलाई संशोधन गरेर राज्यपुनर्संरचनाका लागि विशेषज्ञ समिति बनाउने सहमति गरेको छ । यसअघि संविधान संशोधनका लागि बोलाइएको संसद बैठक वैद्य पक्ष र ककसको बिरोधका कारण स्थगित गरिएको थियो ।
स्रोत : कान्तिपुर