स्कुल बसलाई सेनाको ट्रकले ठक्कर दिदा ११ जना बिधार्थी घाइते
पर्वत, मंसिर २ - पर्वतबाट बागलुङतर्फजाँदै गरेको लु१ग १६३ नम्बरको नेपाली सेनाको ट्रक र नयाँ पुलबाट कुश्मा बजारतर्फआउँदै गरेको लु १ प ११६३ नम्बरको विद्यालयको बस पोखरा-बागलुङ राजमार्ग अर्न्तर्गत पर्वतको छमर्केमा आपसमा ठोक्किदा चालकसहित ११ जना विद्यार्थी र्घाईते भएका छन् । कुश्मा बजारस्थित राष्ट्रिय बालशिक्षा सदनको बसलाई सेनाको मध्य पश्चिम पृतना पोखराको ट्रकले ठक्कर दिएको हो ।
र्घाईते मध्ये २ जनाको पर्वत जिल्ला अस्पतालमा उपचार भईरहेको र अन्य र्घाईते उपचार पश्चात् घर फर्कि सकेको प्रहरीले जनाएको छ । र्घाईते हुनेमा बस चालक ओम विक र ९ बषिर्य सदिक्षा क्षेत्री रहेका छन् । उनीहरुको हात र खुट्टामा चोट लागेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
स्रोत :कान्तिपुर