|

साउदी अरबले हस्तलिखित राहदानीलाई प्रबेशाज्ञा नदिएपछि खाडीमै कार्यरत नेपालीहरु बेरोजगारीको समस्यामा

दोहा (कतार), मंसिर २ - साउदी अरबले हस्तलिखित राहदानी बाहकलाई प्रबेशाज्ञा (भिसा) दिन अस्वीकार गरेपछि खाडीका विभिन्न मुलुक आवात जातव गर्ने खाडीमै कार्यरत नेपालीहरु बेरोजगारीको समस्यामा पर्न थालेका छन् ।
विशेष गरी, विभिन्न ट्रान्सपोर्ट कंपनीका कार्यरत नेपाली चालकहरु सडक मार्गबाट साउदी हुँदै एक अर्को देशमा समान लिएर ओसार–पसार गर्न नपाएपछि समस्या पर्न लागेका हुन् । खाडीका एक अर्को देशमा जान यस क्षेत्रकै सबै भन्दा ठुलो मुलक साउदीको बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।

हस्तलिखित राहदानी बाहकलाई साउदीले दुई सातादेखि आफ्नो मुलुक र अर्को देश आवाज(जावत गर्न ( रिइन्ट्री भीसा) कुनै प्रकारको पनि भीसा दिएको छैन । ‘हाम्रो कम्पनीले भीसा लगाउन साउदी दुतावासमा पासपोर्ट लगेको त हातले लेखेको पासपोर्टलाई भीसा दिन मिल्दैन भनेर फर्काई दियो’ ३ वर्षदेखि बहराईनमा चालकको रुपमा कार्यरत भकिम्ली(६, म्याग्दीका धनबहादुर श्रीस, ३४ ले कान्तिपुरसंग दुःख पोखे– ‘साउदी छिर्न नपाएपछि बेरोजगार भएर बस्नु परेको छ ।’

श्रीसले आफु कार्यरत ‘अल(निमाह कार्गो कंपनी’का कार्यरत ६ नेपाली चालकले हस्तलिखित पासपोर्टमा भीसा नलागेको बताए । साउदीको भीसा नलाग्नेमा उनीसहित हस्तलिखित राहदानीबाहक स्याङ्जाका विनोद गुरुङ, मोरङका प्रकाश लामा, मोरङकै बलबहादुर मगर, हेटौडाका बाबुराम स्याङ्तान र रोल्पाका सर्बजीत बुढा छन् ।
‘साउदीले हामीलाई ३/३ महिनाको भीसा दिन्थ्यो, कैयौं पटक साउदी, दुवई (युएइ), कतार, ओमन, कुवेत, जोर्डनसम्म पुगेर आईन्थ्यो’ ओठ(४, रोल्पाका सर्बजीत बुढा, ३६ले कान्तिपुरलाई भने(‘हामीसंग एमआरपी छैन, हातले लेखेको पासपोर्टलाई भीसा दिदैन, ठुलो समस्यामा परेका छौं ।’

३ वर्षदेखि खाडीका विभिन्न देशहरुमा ओहोर दोहोर गरेका बुढाले भीसाको म्याद सकिने नेपालीको संख्या बढ्दै जान थालेको बताउंदै बहराईनमा २५ सय भन्दा बढी र खाडी भरी करीव २० हजार नेपाली चालक समस्या पर्ने अनुमान गरेका छन् । ‘भीसा नलगाए कंपनीले जागिर दिदैन, कामै गर्न नपाएर घर फर्किनु पर्‍यो भने यस्को जिम्मा कसले लिन्छ ?’ बुढाले नेपाल सरकारलाई जरुरी खबर गरिदिन भन्दै कान्तिपुरलाई भने(‘एमआरपी लिन नेपाल जाने हो भने जागिर छुट्छ, हातले लेखेको पासपोर्ट मान्दैन, अब सरकारले के गर्ने हो तुरुन्त हामीलाई बिकल्प दिनुपर्‍यो ।’

हेटौडा-१० मकबानुपरका चालक बाबुराम स्याङ्तानले ‘समस्याले पर्दा खबर गर्ने ठाउँ पनि भएन’ भन्दै हातले लेखेको पासपोर्ट अझै ३ वर्ष चल्ने थाह पाए पनि अहिल्यै नचलेर बेरोजगार हुन परेको सुनाए । ‘पासपोर्टै बनाउनै जाने हो भने २/३ महिना वेरोजगार हुनुपर्छ, यहाँ काम नगरी त्यत्तिकै बस्नु परेको छ, यो पीडा कस्ले सुनिदिने?’ उनले प्रश्नजनक दुःख पोखे ।

साउदी अरबको रियादस्थित नेपाली दुतावासले परराष्ट्र मन्त्रालयको पत्र पाएर साउदीको विदेश मन्त्रालयमा हस्तलिखित नेपाली राहदानीबाहकलाई परेको समस्याका बारेमा कुरा गरी सकेको जनाउंदै आईकाओसंगको संझौता अनुसार नेपाली हस्तलिखित राहदानीलाई २०१५ नोभेम्बर २४ सम्म मान्यता दिन आग्रह गरेको छ ।
‘साउदीको विदेश मन्त्रालयमा चिफ अफ प्रोटोकलसंग हिजो (वुधवार) कुराकानी गरेर आईकाओसंगको संझौता अबधीसंग हस्तलिखित राहदानीलाई मँन्यता दिन आग्रह गरेका छौं’ साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डेले कान्तिपुरसंग भने(‘उनीहरुले पुरै अबधी त होइन केही महिना (६/८ महिना) हस्तलिखित राहदानीलाई मान्यता दिन सक्ने संभाबना छ ।’ विहीवार र शुक्रवार साउदीमा सार्वजनिक विदा भएकोले आईतबार/सोमवारसम्म मान्यता पाउने जानकारी आउने सक्ने उनले आशा गरेका छन् ।

हस्तलिखित राहदानी बनाउने, एउटाको राहदानीमा अर्कोको फोटो परिवर्तन गरेर भीसा लिने जस्ता कारणले साउदीले सबै देशका हस्तलिखित राहदानीलाई भीसा दिन रोक लगाएको हो । पछिल्लो अबधीमा हजको बेला करीव ३ सय ईरानी फर्जी राहदानीमा साउदी प्रवेश गरेको थाह भएपछि उसले हस्तलिखित राहदानी बाहकलाई भीसा रोकेको जानकारी पाएको दुतावासले बताएको छ । 
                                                                                                                                                                                            स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 12:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साउदी अरबले हस्तलिखित राहदानीलाई प्रबेशाज्ञा नदिएपछि खाडीमै कार्यरत नेपालीहरु बेरोजगारीको समस्यामा"

Leave a reply