|

गजल

अरु बाट सधै भरि मान खोज्छ मान्छे ।
अनि आफ्नो छुट्टै पहिचान खोज्छ मान्छे ।।

लिन मात्रै सिक्यो धेरै दिन गाह्रो मान्छ ।
मौका पाए सम्म सित्तै खान खोज्छ मान्छे ।।

शक्तिवाला पुज्नु पर्छ जन्मै सिके जस्तो ।
जो पहुँचवाला त्यहीँ जान खोज्छ मान्छे ।।

खोजे हुन्थ्यो आफु सँग भाको खुबी बरु ।
हल्लै हल्ला काग पछि कान खोज्छ मान्छे ।।

मृत्यु पछि खाली हात जाने जान्दा जान्दै ।
जे जति छ धन टाँसी लान खोज्छ मान्छे ।।
लेखक :राज अबिरल यात्री
रचना - 11 सेप्टेम्बर 2011 (कन्याम ईलाम)

Posted by Butwalonline on 12:35 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply