फिस्टेल एयरको हेलिकप्टर आकष्मिक अवतरण
तनहुँ, कार्तिक १६ - पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको फिस्टेल एयरको हेलिकप्टर वाक्लो हुस्सुका कारण क्यामिन ८ वाँसपानीमा वुधवार विहान करिव १ घण्टा आकष्मिक अवतरण गरेको छ ।
आकष्मिक अवतरण गराईएको 9N–AIK नम्वरको सेतो हेलिकप्टरमा रहेका एक स्वदेशी सहित ५ जना भने सकुशल रहेको क्यामिनकोट माध्यामिक विद्यालयका प्रधानाध्यापक माधव खनालले वताए । हेलिकप्टर विहान करिव १० वजेदेखि एक घण्टासम्म अवतरण गराईएको उनले वताए । हुस्सु हटेपछि हेलिकप्टर काठमाडौंतर्फ उडेको उनले वताए ।
उनले अवतरण गराईएको हेलिकप्टरका चालकले हुस्सु लागेकोले अवतरण गराउनु परेको जानकारी दिए । ‘कक्षामा पठाउँदै थियौं,’ उनले भने ,‘एकै चोटी हेलिकप्टर रोकिएपछि सवै जना त्यतै लाग्यौं ।’ उनले विद्यँलयका शिक्षक र विद्यार्थी गरी करिव ३ सयले हेलिकप्टर दुर्घटना भएको आशंका गरेको वताए । ‘तर चालकले सानो गह्रामा चलाखीपूर्ण तरिकाले हेलिकप्टर रोकेका रहेछन्,’ उनले भने, ‘उनीहरु आकष्मिक अवतरण गराईएको वारेमा राम्ररी खुल्न भने चाहेनन् ।’

स्रोत :कान्तिपुर न्युज