सार्वजनिक यातायातको भाडामा ९ दशमलब ९ प्रतिशत वृद्धि
काठमाडौं, कात्तिक १६ - सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले पर्सी शुक्रबारदेखि ९ दशमलब ९ प्रतिशत बढी भाडा तिर्नुपर्नेछ। यातायात व्यवस्था विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण भाडा बढाउनुपरेको हो। पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा समेत भाडा नबढाइएको भन्दै यातायात व्यवसायीले भाडा बढाउन दबाब दिँदै आएका थिए।
स्रोत : नागरिक न्युज
