सीमावर्ती भारतीय क्षेत्रमा नेपाली किशोरको हत्या
इनरुवा, कार्तिक १६ - सुनसरीको भान्टावारीका एक किशोरको सिमाबर्ती भारतीय क्षेत्रमा हत्या भएको छ । भान्टावारी ९ का १५ वर्षीय जन्तु गिरीको सिमाबर्ती भारतीय पन्चायत रतनपुरामा दुई दिन अघि हत्या भएको सिमा प्रहरी कार्यालय भान्टावारीका प्रहरी नायव निरिक्षक चुडामणी भटराइले जानकारी दिए ।
रतनपुरा पन्चायतको वडा नम्बर ६ मा सोमवार गिरीको मृत शरिर फेला परेको उनले बताए । भारतीय प्रहरीले पोष्टमार्टम पश्चात गिरीको शव नेपाल प्रहरीलाज्ई बुझाएपछि शव उनको परिवारको जिम्मा लगाइएको छ । आइतवारदेखि हराइरहेका गिरीको कसले र किन हत्या गरेको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत :कांतिपुर