|

गलत शल्यक्रिया हुनुमा उपचारमा संलग्न चिकित्सक मुख्य दोषी

भरतपुर, कार्तिक १६ - साढे २ महिनाअघि चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गलत शल्यक्रिया हुनुमा उपचारमा संलग्न चिकित्सक मुख्य दोषी रहेको मेडिकल काउन्सिलले ठहर गरेको छ । काउन्सिलले शल्यक्रियालाई गम्भीर त्रुटि औल्याउँदै चिकित्सकले हदैसम्मको लापरबाही गरेको बताएको छ ।

साउन २६ गते चिकित्सक जितेन्द्र परियारको टोलीले घाँटीको शल्यक्रिया तय गरिएकी रुपन्देही शंकरनगर ३ की छमकुमारी बोहराको पाठेघर फ्याँकेको थियो । यसलाई अस्पताल, चिकित्सक र सम्बद्ध संस्थाले मानवीय त्रुटि बताउँदै ढाकछोप प्रयास गरेका थिए ।


शल्यक्रियाको २ दिनपछि छानबिन गर्न आएको काउन्सिल टोलीले बुझाएको प्रतिवेदन तथा काउन्सिलको व्यावसायिक आचरण र स्वास्थ्य समितिले सम्बन्धित चिकित्सक र शल्यक्रियामा संलग्नसँग गरेको संवाद आधारमा भदौ १५ को पूर्णबैठकले चिकित्सकलाई दोषी ठहर गर्दै कारबाही निर्णय गरेको उल्लेख छ ।

निर्णयको १५ दिनपछि अस्पताललाई काउन्सिल रजिष्ट्रार नीलमणि उपाध्यायले लेखेको पत्रमा चिकित्सक परियार र सहयोगी चिकित्सक नितु शर्मा, सुमन सिंह, एनेस्थेसियोलोजिस्ट रञ्जनाकुमारी झा र विदेशी एनेस्थेसियोलोजिस्ट मुख्य दोषी रहेको उल्लेख छ । 'सेवामा हदैसम्मको लापरबाही देखिएकाले अर्को निर्णय नभएसम्म परियारलाई चिकित्सा सेवा नगर्न/नगराउने निर्णय भयो,' पत्रमा उल्लेख छ ।

एनेस्थेसियोलोजीजस्तो महत्वपूर्ण विभागका निमित्त विभागीय प्रमुख डा. भावना वाग्ले समयमा जिम्मेवार नबनेका कारण ठूलो त्रुटि भएको पत्रमा भनिएको छ । काउन्सिलले भने सम्बन्धित स्त्रीरोग विभाग र नाक, कान, घाँटी -ईएनटी) विभागीय प्रमुखबारे उल्लेख गरेको छैन । एउटै विभागीय प्रमुखको त्रुटि औंल्याइनुलाई अस्पतालका चिकित्सकले अन्याय बताएका छन् ।

काउन्सिलले इएनटी युनिट, सर्जिकल अन्कोलोजी विभागका जयप्रकाश झा र रजिष्ट्रार अनिलविक्रम कार्कीले भेन्टिलेटर बिगे्रका कारण बोहराको शल्यक्रिया स्थगितबारे समयमै बिरामीलाई नबताएको पाइएको उल्लेख
                                                                                                                                 स्रोत : कांतिपुर न्यूज 

Posted by Butwalonline on 8:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गलत शल्यक्रिया हुनुमा उपचारमा संलग्न चिकित्सक मुख्य दोषी"

Leave a reply