|

भलिबल प्रतियोगितामा नेपाली जनसंपर्क समिति युएई विजयी

भुपराज बस्याल,कार्तिक २२ युएई - इदको अबसर पारेर काठमान्डु रेस्टुरेन्टले आयोजना गरेको युएई ब्यापी भलीबल  कम्पिटिसनमा नेपाली जनसंपर्क समिति युएईले पहिलो स्थान हात पार्न सफल भएको छ|खेलमा १०टिमको शहभागिता रहेको थियो, खेल अत्यन्तै रोमाम्चक रहेको र दर्सक हरुलाई निकै उत्साह बनाएको थियो|खेल सन्चालन तथा रेफ्रिको महत्वपूर्ण भूमिका निर्बाह दान बहादुर जिसी,कुन्डल बहादुर सिंह र माधव बस्नेतले गर्नु भयको थियो भने संपर्क समितिको बिजेता टिम बाट ग्याम क्याप्टेन भिम गुरुङ लगायत प्रेम भण्डारी,इस्वोर धमाल,प्रेम शाही।प्रताप खबास,रामबाबु खत्री,नबिन छन्तेल बिष्णु कुमार श्रेष्ठ र अमर राज गिरी खेल्नु भयको थियो|

नेपाली जनसंपर्क समिति युएईले आफ्नो स्थापना कालदेखि नै सगठन बिस्तार गर्ने क्रम सँगै समाजिक बिकास र खेलकुद क्षेत्रमा समेत निकै अग्रणी भूमिका निर्बाह गरेको छ|यस भन्दा पहिला पनि तमाङ समाज युएईले आयोजना गरेको कार्यक्रममा पनि नेपाली जनसंपर्क समितिले पहिलो स्थान लिएको थियो|काठमान्डु रेस्तुरेन्टले आयोजना गरेको कार्यक्रममा नेपाली जनसंपर्क समिति युएईका सभापति चित्र बहादुर केसिको समेत उपस्थिती रहेको थियो|बिजेता टिमलाई सभापति केसिले बधाई तथा धन्यवाद समेत दिनु भएको थियो |बिजेता टिमलाई पुरुस्कार बितरण आयोजक काठमान्डु रेस्तुरेन्टका मालिक भिम नारायण श्रेष्ठ तथा नेपाली समाज अबुधबी छेत्रीय समितिका अधक्ष्य सुर्य गिरिले गर्नु भएको थियो |सो प्रतियोगितामा नेपाली जनसंपर्क समितिको टिमलाई दर्सक पक्षबाट निकै हुटिङ समेत गरिएको थियो |



Posted by Butwalonline on 10:29 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भलिबल प्रतियोगितामा नेपाली जनसंपर्क समिति युएई विजयी"

Leave a reply