|

सकेट बम बनाउने क्रममा विष्फोट भएकोको प्रहरी दाबी,विष्फोटमा तीन गंम्भीर घाइते

बाँके, कार्तिक २२ - नेपालगन्ज - बाँकेगाउँको एक घरमा मंगलबार बिहान सवा ९ बजे सकेट बम विष्फोट हुँदा  तीन जना गंम्भीर घाइते भएका छन् ।बम विष्फोटमा परी स्थानीय शालिकराम कश्यप, बाबुराम कश्यप र बव्बु मौर्य गंम्भीर घाइते भएका हुन् । बाँके प्रहरी नायव उपरीक्षक उदय तामाङ्गले सकेट बम बनाउने क्रममा विष्फोट भएको दाबी गरेका छन् ।  घाइतेहरुरको हाँत, खुट्टा, टाउको र शरिरभरि चोट लागेको छ ।घाइतेहरुको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।प्रहरी नियन्त्रणमा उपचार भइरहेका घाइतेको अवस्था गंम्भीर छ । बिष्फोटबाट घरमा समेत क्षती पुगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
                                                                                                                              स्रोत :कान्तिपुर न्युज 

Posted by Butwalonline on 11:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सकेट बम बनाउने क्रममा विष्फोट भएकोको प्रहरी दाबी,विष्फोटमा तीन गंम्भीर घाइते"

Leave a reply