|

मद्यपान गर्नाले यौनसम्पर्कमा के समस्या आउँछ ?

संसारभरि मद्यपानको प्रयोग कुनै न कुनै रूपमा हुँदै आएको पाइन्छ। मानिसले यति व्यापक रूपमा यसको प्रयोग गर्नुमा यसको सम्बन्ध रमाइलोसँग जोडिनुमा छ। युवायुवती अनौपचारिक रूपमा भेटघाट हुने धेरै अवसरमा मद्यपानको प्रयोग हुन्छ। अन्य रमाइलोका लागि मात्र हो इन, विशेष गरेर यौनआनन्दलाई राम्रोसँग लिन पनि यसको प्रयोग भएको देखिन्छ।

सबैजसो मानवसमाजमा परम्परागत रूपमा युवायुवतीको भेटघाट हुने अवसरयुक्त स्थिति सिर्जना गरिएको हुन्छ। रमाइलोसँग मनाइने यस्ता कुरामा खानामात्र होइन, मद्यपान पनि एक अभिन्न अङ्ग हुन्छ। अन्य देशमा जस्तै नेपालमा पनि मद्यपानको प्रयोग प्रशस्तै हुने गरेको छ। कतिपय समुदायमा परम्पराअनुसार नै मद्यपानको प्रयोग हुने भएकाले यस्ता पदार्थको सेवनलाई सजिलै स्वीकार गरिएको पाइन्छ। मद्यपान वर्जित समूहका व्यक्तिहरूले पनि बिस्तारै यसको प्रयोग बढाउन थालेका छन्, तर रमाइलो कुरा के छ भने संसारका कतिपय स्थानमा मद्यपानको यौनसम्बन्धी प्रभावका सम्बन्धमा मिल्दोजुल्दो धारणा पाइन्छ। मद्यपानले यौनचाहना बढाउँछ वा यौन सक्षमता बढाउँछ भन्ने कुरामा धेरैजसोको समान धारणा छ। मद्यपानको प्रयोगको व्यापकतामा यी धारणाले प्रमुख भूमिका खेलेको पाइन्छ।

जुनसुकै रूपमा होस्, मद्यपान सायद यस्तो वस्तु हो जसले मानव इतिहासमा विभिन्न उपयोगिता प्रस्तुत गरेको छ। मद्यपानलाई पोषणयुक्त वस्तुका रूपमा लिइने मात्र होइन, औषधीय गुण, कीटाणुनाशक अनि पीडाहरकका रूपमा पनि प्रयोग गरिँदै आएको छ। यो कतिपय समुदायको पूजापाठ अनि धार्मिक क्रियाकलापमा अभिन्न अङ्ग बनेको हुन्छ। मद्यपानको प्रयोगको प्रसंग पूर्वीय मात्र होइन, ग्रीक तथा मिश्र सभ्यतामा हजारौं वर्ष पहिलेदेखि रहँदै आएको उल्लेख छ।

के मद्यपानले साँच्चिकै यौन सक्षमता बढाउँछ ?

मद्यपान र यौनको विशेष सम्बन्ध परापूर्वकाल देखि नै चल्दै आएको छ। मद्यपानले आफूलाई केही खुकुलोपनको र सहजताको अनुभव गर्ने कुरा महिला तथा पुरुषहरू बताउँछन्। उनीहरू मद्यपानले यौनचाहना वा कार्य सक्षमतामा सकारात्मक असर गर्छ भन्ने सोच्छन्। कुनै पनि स्थिति जसमा यौन सक्षमतामा प्रश्नचिह्न उठ्ने शंका छ भने उनीहरूले मद्यपानको सहारा लिन्छन्। आफ्नो सम्भावित यौनजोडीलाई कसरी यौनसम्बन्धका लागि मान्न तयार गर्ने भन्ने वा कसरी भन्ने कुरामा हिचकिचाहट भए मद्यपानकै सहयोग लिन्छन्, तर मद्यपानको के कस्तो प्रभाव पर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।

थोरै मात्राको मद्यपान कतिपय व्यक्तिका लागि हिचकिचाहट हटाउन सहयोगी सावित हुनसक्छ, तर मुख्य कुरा के भने अत्यधिक मद्यपानले यौन सक्षमतामा नकारात्मक असर पार्छ। मद्यपानले यौनचाहना बढाउन कुनै मद्दत गर्दैन। मध्यपानले यौन सक्षमता बढाउँछ भन्ने कुरामा विश्वास छ भने त्यसको प्रभावलाई भहउभअतबलअथ भलजबलअझभलत भााभअत -एक्पेक्टेन्सी इन्हान्समेन्ट इफेक्ट अर्थात् प्रत्याशावर्द्धित प्रभाव) भन्न सकिन्छ। मद्यपानले महिलाको भगक्षेत्रमा रक्तसञ्चारमा कमी ल्याउँछ र यसको पिसाब लगाउने गुण भएकाले योनिमा रस कम आउने वा सुख्खा हुने हुनसक्छ। योनि सुख्खा हुनु महिलाका लागि मात्र होइन, पुरुषका लागि पनि कम आनन्ददायक हुनसक्छ। त्यसैगरी मद्यपान गर्दा पुरुषहरूमा लिङ्ग उत्तेजना भनेअनुसार नहुने अर्थात् कडापन केही कम हुने, वीर्य स्खलनमा केही ढिलाइ हुनेजस्ता असर देखा पर्न सक्छन्। शीघ्र स्खलनलाई नियन्त्रण गर्न पनि नसक्ने हुनसक्छ र मद्यपानले मातेका बेला यौन चरमसुख प्राप्तिलाई पनि केहि गाह्रो बनाउँछ।

मद्यपानको दीर्घकालीन दुरुपयोगले यौनचाहनाका लागि आवश्यक हार्मोन टेस्टेस्टेरोनको उत्पादनमै नकारात्मक असर गर्न सक्छ। यस्ता दीघर् कालीन दुरुपयोगले कलेजोमा क्षति पुर्‍याउने, स्नायु प्रणालीमा असर गर्ने, रोग क्षमता शक्ति कमजोर पार्नेजस्ता कतिपय प्रभाव हुन्छन्। अण्डकोष नै सुक्नेजस्तो समस्या पनि आउन सक्छ। यस्ता कुराको प्रत्यक्ष तथा परोक्ष प्रभाव यौन सक्षमतामा पर्छ। मद्यपानको लत लागेका व्यक्तिहरू कुपोषणको सिकार पनि हुन्छन्, जसको प्रभाव स्वास्थ्य अनि यौन सक्षमतामा पर्ने नै भयो। मद्यपानको लत बसेका व्यक्तिले त्यसको सेवन गर्न छोडे पनि यौनसम्बन्धी कतिपय समस्या समाधान नहुन सक्छ। यस्तै आधाजसोमा मात्र पर्याप्त सुधार हुने देखिएको छ।

मद्यपानको कुलतमा फसेकाहरूको सामाजिक तथा वैवाहिक सम्बन्ध पनि नराम्रो हुनुका साथै लतले निम्त्याउने आर्थिक क्षति एवं पारिवारिक कलहको पनि यौनजीवनमा नराम्रो असर पर्ने नै भयो।

नशालु पदार्थ र भेटघाट बलात्कार

अचेल बलात्कारका घटना प्रशस्तै सुन्न पाइन्छ। परिचित व्यक्तिबाट भेटघाटका बेला हुने यस्ता बलात्कारमा पनि रक्सीजस्ता मादक पदार्थ वा अन्य औषधी वा रसायनको प्रयोग हुनुले डरलाग्दो स्थिति निम्त्याएको हुन्छ। रमाइलो भेटघाटका अवसर, पार्टी, भोज आदिमा रक्सीको सेवन मान्य बन्दै गएको छ। यस्ता कुराका प्रयोगले आफूमा भएको हिचकिचाहट कम गर्ने मात्र होइन, निर्णय गर्ने क्षमतालाई पनि नकारात्मक रुपमा असर गर्छ। हिचकिचाहट कम हुँदा यौन भावना हावी हुन सक्छ।

अन्तमा, समाजमा जस्तोसुकै धारणा व्याप्त भए पनि समष्टिमा भन्नुपर्दा जुनसुकै रूपमा पिइए पनि मद्यपान यौनवर्द्धक वा यौन सक्षमता बढाउने पेयपदार्थ होइन। त्यसैले मद्यपानको सेवन गर्दा यसको नकारात्मक असर यौन सक्षमता वा यौन जीवनमा नपरोस् भनेर यसलाई सीमित गर्नु आवश्यक छ।
                                                                                                                     साभार :साप्ताहिक कान्तिपुर 

Posted by Butwalonline on 6:59 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मद्यपान गर्नाले यौनसम्पर्कमा के समस्या आउँछ ?"

Leave a reply