|

कालिगण्डकीमा र्‍याफ्टिङ् महोत्सव

प्रकाश डोटेल
स्याङ्जा–२०, कार्तिक ।

स्याङ्जा र पाल्पाको सिमाना रामनदी धाम राम्दीबाट कालीगण्डकी नदीमा राष्ट्रिय नदी महोत्सव तथा रिभर र्‍याफ्टिङ शुरु भएको छ । जल पर्यटकका लागि नियमित र्‍याफ्टिङ्को प्रचुर सम्भावना भएर पनि कालिगण्डकीमा नियमित रुपमा र्‍याफ्टिङ् हुन नसकिरहेको अबस्थामा तेस्रो राष्ट्रिय नदी महोत्सव तथा रिभर र्‍याफ्टिङ २०६८ आइतबारबाट शुरु भएको हो ।

राम्दीबाट शुरु भएको र्‍याफ्टिङ्मा ८ वटा बोट संचालनमा रहेका छन् । र्‍याफ्टिङ्मा स्वेदेशी र विदेशी गरि करिव एकसय पर्यटकहरु र्‍याफ्टिङ्मा सहभागि भएका छन् ।

स्याङजा र पाल्पाको सिमानामा अवस्थित रहेको रामनदीधामदेखि देवघाटसम्म करिव २८ किलोमिटर दुरीको नियमित र्‍याफ्टिङ गनैका लागि प्रचार–प्रसार स्वरुप नदी महोत्सव मनाउन शुरु गरिएको कालिगण्डकी एकिकृत विकास केन्द्र एवं रिभर फेस्टिवल आयोजना मूल समितिका अध्यक्ष डा. बुद्धिमान श्रेष्यठले बताए ।

“स्याङ्जा, वालिङ्, गल्याङ्, मालुङगा हुँदै राम्दी जाऔं, तुल्सीभज्याङ्, पकवादी, कुवाकोट, गेझा, चापाकोट, दामाचौर, रामपुर र्‍याफ्टिङ्को मज्जा लिऔं, साँखर, सेखाम, मल्याङ्कोट, केवरे, तिनदोवाटेको प्राकृतिक दृश्यावलोकनमा रमाऔं” भन्ने नारासहित पर्यटन विकास गर्न विगतका वर्षमा झै यो वर्षपनि नदी महोत्सव गरिएको आयोजकले बताएका छन् ।

महोत्सवको पहिलो दिन आइतबार रामनदीधामदेखि कुवाकोट गाविसको आँधीघाटसम्म र्‍याफ्टिङ गरी विविध सांस्कृतिक कार्यक्रम संचालन गर्ने, दोस्रो दिन चापाकोटको सन्तलीटारमा कालीगण्डकी उपत्यका विकास र सम्भावनाका बारेमा बृहत छलफल गर्ने बताइएको छ । महोत्सवको अन्तिम दिन कार्तिक २२ गते रत्नपुरको दामाचौरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिने भएको छ ।

महोत्सव अवधिमा र्‍याफ्टिङको लागि ३० वटा डुङ्गाहरु सञ्चालन गरिने छ भने त्यस अवधिमा करिव ८ सय जनाले र्‍याफ्टिङ गर्ने अनुमान गरिएको छ । महोत्सवको अवधिभर एक लाख वढि दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

कालीगण्डकी नदीमा नियमित रुपमा र्‍याफ्टिङ्मा संचालनका लागि स्थानिय स्तरमा सहकारी स्थापना करिव ५० लाखको लागतमा ५ वटा डुङ्गाहरु खरिद गरिएको छ । पर्यटन क्षेत्रबाट आम्दानीको दरिलो श्रोत बनाउनका लागि यस क्षेत्रमा नियमित र्‍याफ्टिङ् संचालन गर्ने प्रयत्न गरिएको कालीगण्डकी पर्यटन विकास समितिका सचिव विष्णु थापाले बताए ।

Posted by Butwalonline on 10:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कालिगण्डकीमा र्‍याफ्टिङ् महोत्सव"

Leave a reply