|

सहमतिलाई कार्यान्वयन गर्न सातबुँदे :नेपाल

प्रकाश डोटेल
स्याङ्जा–२०, कार्तिक ।
नेकपा एमालेका वरिष्ठ तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलहरुबीचमा विभिन्न समयमा भएका सहमति र सम्झौतालाई कार्यान्वयन गर्न सातबुँदे सहमति भएको बताएका छन् । उनले सहमति कार्यान्वयन नभए त्यसको जिम्मा माओवादीको हुने बताए ।

स्याङ्जाको कुवाकोट–९, आँधीघाटमा कालीगण्डकी नदीमा राष्ट्रिय नदी महोत्सव तथा रिभर र्‍याफ्टिङ्को उद्घाटन गर्दै नेता नेपालले सहमतिलाई कार्यान्वयन गरेमा शान्ति र संविधानको आशा गर्न सकिने बताए ।

दलहरुबीच विगतमा भएका सहमति माओवादीले कार्यानवयन गरेन् । वरिष्ठ नेता नेपालले भने, सहमति कार्यान्वयन नहुनुमा माओवादीको गैरजिम्मेवारीपन हो । दलहरुबीच भएको सातबुँदे सहमति लागू गर्न आलटाल गरे माओवादी जनताबाट नाङगिने नेता नेपालको भनाई थियो ।

माओवादीले सहमति कार्यान्वयनमा सधै आलटाल गर्‍यो । अब यो सहमतिलाई तोकिएको समयमै कार्यान्वयन गर्नुपर्छ । नेता नेतालको भनाई थियो, सधै उधारो सहमति भयो सातबुँदे नगदमा परिणत गरिनुपर्छ ।

आफू प्रधानमन्त्री हुदाँ शुरु गरिएको तराई–पहाड (नवलपरासी पोखरा) जोड्ने मध्य पहाडी राजमाग निर्मार्णलाई वर्तमान सरकारले पनि जारी राखेको बताउँदै नेता नेपालले राजमार्ग निर्माण पूरा भएपछि यस क्षेत्रको दिगो विकासमा महत्वपूर्ण टेवा पग्ने बताए

Posted by Butwalonline on 10:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सहमतिलाई कार्यान्वयन गर्न सातबुँदे :नेपाल"

Leave a reply