|

अवको सरकार नेतृत्व काँग्रेसले गर्ने : कोइराला

विनोद परियार ,बुटवल, २१ कात्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शसाक कोइरालाले मंसिर १४ गते पछि काँग्रेसको सरकार बन्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले मंसिर १४ पछिको राजनीतिक परिवर्तन सँगै काँग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गर्नुभयो । एमाले र माओवादीले सरकारको नेतृत्व गरिसकेको हुदा पालो पनि काँग्रेसको आएको बताउनुभयो । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि अप्रत्यक्ष रुपमा काँग्रेसको सरकार बन्ने संकेत गरेको हुदा सरकार काँग्रेसकै बन्ने ठोकुवा गर्नुभयो ।

शान्ति प्रक्रिया टुङगाउन सात बुंदे सहमति भएको हुदा मंसिर १४ गते भित्र संविधान नबने पनि केही खाका मात्र आउने बताउनुभयो । हरेक दलले गंभिरतापुर्वक लिएमा दुई सातामा संविधान बन्न सक्ने टिप्पणी गर्नुभयो । हरेक दल राष्ट्रियताको कुरामा स्पष्ट हुनु पर्ने बताउनुभयो । जातिहरुको आवाज उठ्नु राम्रो भए पनि राष्ट्रियता चिनाउने एउटा पहिचान हुनु पर्ने धारणा राख्नुभयो । राज्यको पुर्नसंरचना र शासकिय स्वरुपमा विवाद रहेको बताउनुभयो । अन्य दलले भने जस्तै राष्ट्रपति र प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

Posted by Butwalonline on 12:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अवको सरकार नेतृत्व काँग्रेसले गर्ने : कोइराला"

Leave a reply