नेपाली टिम पहिलो स्थानमा
काठमाडौ, मंसिर ६ - भारतको नैनितालमा सम्पन्न आठौं अन्तर्राष्ट्रिय वादोकाई कराँते प्रतियोगितामा नेपाली टिमले सफलता हात पारेको छ । नेपाली टिमले प्रतियोगितामा १५ स्वर्ण, १४ रजत र १७ कांस्य गरी कुल ४६ पदक जित्दै पहिलो स्थान हात पार्यो ।
आयोजक भारतीय टिम दोस्रो भयो । नेपालले महिलातर्फ चार र पुरुषतर्फ ११ स्वर्णपदक जित्यो । कुमुते स्पर्धामा नेपालकी मोनिका लामाले स्वर्णपदक जितिन् ।
स्रोत :कांतिपुर
आयोजक भारतीय टिम दोस्रो भयो । नेपालले महिलातर्फ चार र पुरुषतर्फ ११ स्वर्णपदक जित्यो । कुमुते स्पर्धामा नेपालकी मोनिका लामाले स्वर्णपदक जितिन् ।
स्रोत :कांतिपुर
