नक्कली नागरिकता र शैक्षिक प्रमाण पत्र बनाइदिने दुई पक्राउ
काठमाडौं, मंसिर ६ - नक्कली नागरिकता र शैक्षिक प्रमाण पत्र बनाउन सक्रिय समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। नागरिकता, सरकारी तथा गैरसरकारी संस्थाको नाम, छाप, लोगो, लेटरप्याट, होलोग्राम र विभिन्न व्यक्तिगतको दस्तखत कीर्ते गरेको अभियोगमा अच्युत न्यौपाने र विनोद कोइराला पक्राउ परेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
महत्त्वपूर्ण सरकारी छाप नक्कली बनाउने गिरोहको खोजीमा प्रहरी आफैं ग्राहक बनेर कारोबारीको सम्पर्कमा पुगेको थियो। अनुसन्धानका संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले तीन हजार रुपैयाँमा नक्कली नागरिकता प्रमाणपत्र र दुई हजार रुपैयाँमा विभिन्न शैक्षिक प्रमाण पत्र बनाउने गर्दै आएका थिए। प्रहरीबाट जोगिन उनीहरू एसएमएसमार्फत काम गर्थे। उनीहरू निश्चित स्थानमा नबसी वानेश्वरका विभिन्न ठाउँमा भेटघाट गरी ग्राहक खोज्थे।
उनीहरूबाट अर्जुन थापाको नाममा पद्मोदय माध्यमिक विद्यालयबाट जारी ट्रान्सफर सर्टिफिकेट र एसएलसीको मार्कसिट, जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङबाट खेमराज मोदनको नाममा जारी नागरिकताको प्रमाणपत्रलगायत सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
अनुसन्धान क्रममा उक्त नम्बरको नागरिकताको प्रतिलिपी जारी नै नभएको र नागरिकतामा उल्लेख गरिएका विवरण र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रेकर्डमा रहेको विवरण फरक रहेको खुलेको ब्युरो प्रमुख उपेन्द्रकान्त अर्यालले बताए।
उनीहरू मालपोत कार्यालयबाट नक्कली जग्गाधनी खडा गरी जग्गा बेच्ने र बैंक तथा वित्तीय संस्थामा राखी रकम झिक्ने काममासमेत संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ।
नागरिकताको प्रमाणपत्र, विद्यालय तथा विश्वविद्यालयका कागजातमा पर्याप्त सुरक्षा प्रारूप नहुँदा कीर्ते गर्नेहरूलाई सहज हुने गरेको डिआइजी अर्याल बताउँछन्। 'सेक्युरिटी फिचर नहुँदा कीर्ते गर्ने काम बढेको देखियो,' उनले भने।
स्रोत :नागरिक