लिटिल मिस र मिस लुम्बिनी
ई प्लानेटको आयोजनामा मध्यपश्चिमको प्रमुख शहर बुटवलमा लिटल मिस लुम्बिनी तथा मिस लुम्बिनी हुने भएको छ। शिक्षामा जोड दिंदै प्रतिस्पर्धीहरूलाई सबल एवं सक्षम बनाउन व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, सामाजिकीकरण, प्रस्तुतिकरण, स्वास्थ्य, वातावरण, संस्कृति, पर्यटन, कला, सञ्चार, लागूऔषध, अपराध न्यूनीकरण आदि विभिन्न विधामा अनुभवी एवं व्यावसायिक प्रशिक्षक तथा विशिष्ट व्यक्तित्वहरूसितको साक्षात्कार गराई सहभागीहरूलाई ग्रुम गराइने कुरा आयोजकहरूले बताएका छन्।
सहभागीहरूलाई लागूऔषध न्यूनीकरणका सम्बन्धमा जानकारी गराइनुका साथै अनाथ आश्रम, वृद्धाश्रम, स्थानीय सञ्चार गृह आदि स्थानमा लगी प्रत्यक्ष अवलोकन गराइनेछ। सहभागीहरूमा प्रतिस्पर्धाको भावना जागृत गराई अन्तरनिहित प्रतिभा उजागर गराउने उपयुक्त प्लेटफार्मका रूपमा कार्यक्रमलाई स्थापित गराउने लक्ष्यका साथ लिटल मिस लुम्बिनी तथा मिस लुम्बिनी सञ्चालन गर्न लागिएको आयोजक संस्थाका सन्तोष सापकोटाले जनाएका छन्। माघ महिनाको अन्तिम साता बुटवलमा हुने लिटल मिस लुम्बिनी तथा मिस लुम्बिनी प्रतियोगिताको कोरियोग्राफी बेबिजोन भण्डारीले गर्नेछिन् भने कार्यक्रमको संयोजन-व्यवस्थापन अनिता पाठकले सम्हाल्नेछिन्।
साभार:साप्ताहिक