|

विमानस्थलमा अवतरणका क्रममा सीता एयरको विमान दुर्घटना

नेपालगन्ज, मंसिर १० - जुम्लाबाट नेपालगन्ज आएको सीता एयरको जहाज शनिबार अपराहृन ३.२५ बजे नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा दुघर्टनाग्रस्त भएको छ ।

सो एयरलाइन्सको डोनियर-९ एनएएचआर विमानको अगाडिको पाङ्ग्रा अवतरणका क्रममा नखुलेपछि दुर्घटना भएको जनाइएको छ ।

नेपालगन्ज विमानस्थलका अधिकृत रमेश कुँवरका अनुसार अवतरणका क्रममा विमानको पाङ्ग्रा नखुलेपछि पखेटा भूईंमा धस्सिँदा विमानमा सामान्य क्षति भएको छ ।

विमानचालक पिएन नेपाली र सहचालक नेहा सिंहसहित दुर्घटनाग्रस्त विमानका सबै १८ जना यात्रु सकुशल रहेको जनाइएको छ ।

विमान दुर्घटनापछि नेपालगन्जबाट हुने सबै उडान रद्ध गरिएको छ । धावनमार्गको बीचमा दुघर्टनाग्रस्त भएको सो विमानलाई अन्यत्र स्थानान्तरण गरिएपछि मात्र अन्य उडानहरु हुने जनाइएको छ ।
                                                                                                                                        स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 5:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विमानस्थलमा अवतरणका क्रममा सीता एयरको विमान दुर्घटना"

Leave a reply

तपाईंका प्रतिक्रियाहरु