बुटवलमा शान्ति समाजको राष्ट्रिय परिषद शुरु,वृहत शान्ति पदयात्रा सम्पन्न
र्यालीमा सहभागी समाजका संस्थापक कृष्ण पहाडि लगायत ।तस्विर :बिक्रम खड्का |
बुटवलको रुपन्देही उद्योग संघको सभाहलमा विहान ९ बजे हुने उद्घाटन सत्रमा मुख्य राजनितिक दलका नेताहरु,मानवअधिकारकर्मीहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहने कार्यक्रमको अतिथ्यता शाखा रुपन्देहीका सभापती गोबिन्द खनालले बताए ।
कार्यक्रमको उद्घाटन सत्रमा केपाली कंग्रेस नेता डा प्रकाशशरण महत, एकिकृत नेकपा माओवादीका नेता गिरिराजमणी पोखरेल,नेकपा एमालेका नेता विष्णु पन्थी लगायतको सहभागीता रहने छ भने शान्ति समाजका संस्थापक कृष्ण पहाडी,पुर्व सभापती पुरुषोत्तम दाहाल लगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि सोहि अवसरमा शान्ति समाज रुपन्देही शाखाले निकालेको शान्ति दुत नामक स्मारिकाको विमोचान गरिने भएको छ ।
कार्यक्रममा विभिन्न ५२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी हुने बताईएको छ । यसैविच समाजको परिषद बैठकको पुर्व सन्ध्यामा शुक्रबार बुटवलमा बृहत शान्ति र्याली निकालिएको छ । बुटवलको पुष्पलाल पार्कबाट निकालिएको शान्ति र्याली दुर्गामन्दीरलाई, अमरपथ, राममन्दीर लाईन, जेसीज चोक हुदै मिडियाचोकमा आएर समापन भएको थियो । र्यालीको नेतृत्व समाजका पुर्व अध्यक्ष कृष्ण पहाडी, बर्तमान अध्यक्ष हुमकान्त चौलागाइ लगायतले नेतृत्व गरेका थिए । र्यालीमा विभिन्न मानव अधिकारकर्मि, पत्रकार, नागरिक समाज तथा विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
र्याली पछि बुटवलको मिडियाचोकमा अयोजित कोण सभामा बोल्दै समाजका केन्द्रिय अध्यक्ष चौलागाइले मुलुकमा विधिको शासन स्थापना गर्न र मानव अधिकारको रक्षाका लागि शान्ति समाजले निरन्तर दवावमुलक कार्यक्रम गरिरहने बताए । सो अवसरमा शान्ति समाजका रुपन्देही सभापती गोबिन्द खनाल,सचिव कृष्ण पंगेनी लगायतले बोलेका थिए ।
यसैविच समाजको केन्द्रिय परिषद वैठकका अबसरमा शुक्रबार रुपन्देहीका १६ वटा निजि तथा सामुदायिक विद्यालयहरुमा वाल अधिकार गोष्ठी सम्पन्न भएका छ । छुटछुट्टै समारोहका विच विद्यालयहरुमा समाजको केन्द्रीय परिषद बैठकका अवसरमा वाल अधिकार गोष्ठी गरिएको समाजका केन्द्रिइ महासचिव गंगाधर अधिकारीले बताए ।
यसर गोष्ठी सम्पन्न भएका विद्यालयहरुमा न्यु होराईजन उच्च मावी,तीनाउ बोडिङ स्कुल, एम्स कलेज ,लुम्बिनी बोडिङ,दिप वोडिङ,सिदेश्वरी उच्च मावी, कालिका उच्चमावी,कान्ति उच्च मावी,सुनगाभाउच्चमावी,सगरमाथा उच्च्मावी,जनकल्याण मावी,उजिरसिंह मावी,सैनामैना मावी,पर्रोहा उच्चमावी रहेका छन् । गोष्ठिमा समाजका केन्द्रि पदाधिकारी,केन्द्रिय सदस्यहरुले प्रशिक्षण दिएका थिए ।
बाल अघिकारको अवस्था र कार्यानयनका सन्द्रभमा केन्द्रित रहेको प्रशिक्षणका क्रममा विद्यालय स्तरबाट नै सजग भएमा त्यसले समाजमा सकारात्मक परिणाम आउने विश्वास अयोजकहरुको छ । ति गोष्ठीहरुमा सहभागि विद्यार्थीहरुले मानवअधिकारका विवध पक्षहरुका बारेमा जिज्ञाशा राखेका थिए ।
फोटो क्याप्सन :मानव अधिकार तथा शान्ति समाजद्धारा शुक्रबार बुटवलमा निकालिएको शान्ति पदयात्रा र्यालीका सहभागीहरु । समाजको दुइदिनसम्म चल्ने राष्ट्रिय परिषदमा भागलिन देशभरका २ सय भन्दा वढि मानवअधिकारकर्मीहरु बुटवलमा भेला भएका छन् ।
