|

विकिलिक्स संस्थापकले सुपुर्दगी मुद्दा हारे

लन्डन, कातिक १७ (एजेन्सी) - अमेरिकी कुटनीतिक केबल सार्वजनिक गरेर चर्चामा रहेको वेबसाइट विकिलिक्सका संस्थापक जुलियान असान्जले स्वीडेन सुपदर्गी सम्बन्धी मुद्दा हारेका छन्।
असान्जको वेबसाइटले अमेरिकी कुटनीतिक नियोगका २ लाख ५० हजारभन्दा बढी गोप्य केबल सार्वजनिक गरेको थियो। त्यसपछि उनी विश्व चर्चित बन्न पुगेका थिए।
स्वीडेनको अदालतमा असान्जविरुद्ध बलात्कार र यौन दुर्व्यवहार मुद्दा चलिरहेको छ।
लन्डन उच्च अदालतका दुई न्यायाधीशले तल्लो अदालतले सुपदर्गी गर्ने फैसलाकै पक्षमा निर्णय सुनाएका छन।
फेब्रुअरीमा, जिल्ला न्यायाधीश होवार्ड रिड्लेले वेस्टमिनिस्टर म्याजिस्ट्र्ेट कोर्टमा भएको सुनुवाईपछि असान्जलाई अनुसन्धान पुरा गर्नका लागि असान्जलाई स्वीडेन सुपदर्गी गर्ने फैसला सुनाएको थियो।
स्वीडेनी अधिकारीहरुले असान्जसँग गत वर्ष एक महिलामाथि बलात्कार र अर्कोलाई यौन दुर्व्यवहार र जबरजस्ती गरेको आरोपमा सोधपुछ गर्न चाहेका छन्। असान्जका वकिलले फैसलाविरुद्ध सर्वोच्चमा चुनौती दिने बताएका छन। उनीहरुले त्यसका लागि चौध दिनका समय प्राप्त गर्ने छन।
त्यसका लागि उनीहरुले यो सार्वजनिक महत्वको मुद्दा तयार पार्ने आधार तयार पार्नु पर्नेछ। तर असान्जको कानुन टोलीले पुनरावेदनका लागि पहिलो उच्च न्यायालयबाट अनुमति लिन आवश्यक पर्नेछ।
४० वर्षीया अस्ट्रेलियाली असान्जले सबै आरोप अस्वीकार गर्दै आएका छन। उनले आफूमाथिको आरोप राजनीतिबाट अभिप्रेरित भएको बताउँदै आएका छन।
तर, प्रेसिडेन्ट अफ क्विन्स बेन्च डिभिजनका सर जोन्स थोमस र उनीसँग रहेको न्यायाधीश औसेल्येले युरोपेली पक्राउ पुर्जी जारी भएपछि असान्जको गिरफ्तारी तथा त्यसपछिको सुपदर्गीका लागि गरिएको सबै प्रक्रिया 'कानुनसम्मत' र 'निष्पक्ष' रहेको फैसला सुनाएको छ।
उनीहरुले 'न्यायीक प्राधिकार' बाट नभै अभियोजनकर्ताले पक्राउ पुर्जी जारी गरेको भन्दै असान्जले पक्राउ पुर्जी नै गैरकानुनी रहेको जिकिरलाई अस्वीकार गरेका थिए।
फैसलामा उनीहरुले स्वीडेनका अभियोजनाकर्ताहरुले स्वीडेनका न्यायाधीशबाट स्वतन्त्र छानविनमा आधारित हुने भएकाले 'अन्य समस्य(युरोपेली संघ)का सदस्यका न्यायाधीशका फैसलाका सम्मान गर्नुपर्ने' बताएका छन।
असान्जले आफूमाथिका मुद्दाका निष्पक्ष रुपमा सुनुवाई हुनसक्दैन भन्ने आरोपको समेत न्यायाधीशहरुले खण्डन गरेका छन।
न्यायालयको फैसलापछि प्रतिक्रिया जनाउँदै असान्जले भने, 'आफूविरुद्ध कुनै पनि देशमा कुनै पनि अभियोग नलगाइएको' बताए।
'युरोपेली पक्राउ पूर्जीको कारण बेलायतको न्यायालयलाई सो मुद्दाको तथ्यको बारेमा अध्ययन गर्न रोकेको छन्,' उनले भने, 'हामीले केही दिन भित्र अर्को कदम चाल्ने छौं।'

                                                                                                                                 स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 8:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विकिलिक्स संस्थापकले सुपुर्दगी मुद्दा हारे"

Leave a reply