|

ट्याक्टर दुर्घटना ३ घाईते १ को अबस्था गम्भीर

कृष्ण आचार्य,दैलेख मंसिर ११ -दैलेखको रावतकोट बाट सदरमुकाम दैलेख बजार तर्फ आउदै गरेको लु १ त
८५३८ नम्बरको ट्याक्टर माल्ली सडक बाट ५० मिटर तल खसी दुर्घटना भएको छ।दुर्घटनामा परी ३ जना घाईते र १ को अबस्था गम्भीर रहेको छ ।घाईतेहुनेमा रावतकोट गाबिस वडा न ९ निवासी १२ वर्षकी सुनिता कार्की,रावतकोट,१२ वर्षकी अस्मीता राई, नारायण नगरपालीका २ बस्ने १३ बर्ष को शंकर थापा ,कालभैरव ७ बस्ने बर्ष ११ की रोशनि रिजाल रहेको प्रहरीले जानकारी दिएको छ । अस्मिता राईको अवस्था गम्भिर भएकोले उनलाई आजै नेपागंज रिफर गरिएको र । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला अस्पताल दैलेखले जानकारी दिएको छ । चालक दैलेख जिल्ला भवानी गाबिस वडा न : ७ बस्ने २७ बर्षिया सुर्य बहादुर बोगटी लाई जिल्ला प्रहरी कार्यलय दैलेख नियन्त्रयमा लिएको छ ।

Posted by Butwalonline on 5:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्याक्टर दुर्घटना ३ घाईते १ को अबस्था गम्भीर"

Leave a reply