|

बस दुर्घटनामा एकजनाको मृत्यु २३ घाइते ७ जना जनाको अवस्था गम्भीर

पाल्पा, मंसिर ११- स्याङजाको एलादी-८ फेँदीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

मनकामना गाविस ३ का टुकबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो। ध१ख १५९ नम्बरको बस ब्रेक फेल भएर सडकदेखि करिव ५ मिटर तल खसेको घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रनबहादुर खड्काले नागरिकन्युजलाई बताए। उनका अनुसार ७ जना गम्भीर छन् र १० जनालाई पोखरा उपचारको लागि रिफर गरिएको छ। बाँकी घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको छ।
रामबाच्छाबाट एलादी जाँदै गरेको बस पल्टेको हो। घटनास्थल वालिङ बजार देखि १० किलोमिटर टाढा पर्छ। प्रहरी र स्थानीयले घाइतेको उद्दार गरेका थिए।
                                                                                                                                      स्रोत : नागरिक न्युज 

Posted by Butwalonline on 5:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बस दुर्घटनामा एकजनाको मृत्यु २३ घाइते ७ जना जनाको अवस्था गम्भीर"

Leave a reply