पाल्पामा २ जनालाई ४२ इन्चको टिभि प¥र्यो
मुक्तिप्रसाद न्यौपाने
कार्तिक २४, पाल्पा
पाल्पाका २ जनालाई डिस होम किन्दा ४२ इन्चको एल्.सी.डि. टेलिभिजन पुरस्कार उपहार परेको छ ।
मदनपोखरा पाल्पाका गणेश जि.सी. र भुवनपोखरी पाल्पाका चेतनारायण अधिकारीलाई टेलिभिजन उपहार परेको हो । उनीहरु दुवैले दशैको छुट सहितको मूल्य ४,९९९ रुपैयाँमा डिस होम किनेका थिए ।
पुरस्कार हस्तान्तरण गर्दै लुम्विनी अञ्चलका सेल्स अफिसर विश्वराज पाण्डेले ४२ इन्चको टेलिभिजनको मूल्य ९० हजार रुपैयाँ रहेको बताए । उनले भने पुरस्कार बिजेताले २५ प्रतिशत कर तिर्नुपर्नेछ । पुरस्कार हस्तान्तरण समारोहमा लुम्विनी अञ्चलका एरिया म्यानेजर मनोज शर्मा सहित वितरक ¥यापोट इन्भेजमेन्ट बुटवल, पानस गौचन र गोकुद तुलाचन, सह वितरक रविन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो ।
दुवैले मनकामना स्टार्स बसपार्क पाल्पाबाट डिस होम किनेका थिए ।
