गीत ---जलिसक्यो मुटु मेरो

लगाऊ बाँकी कहाँ छ खोस्न आउँन आगो
आँशु बगाई सामु मायाको भिक माग्दा
लाग्यो बाटो बिराएँ तिमी त्यसरी जाग्दा
फुलेकाथें प्रेम फुल्हरु दुबैको दिल भित्र
फाँडिसक्यौ त्यही पनि चाहिदैन मास्न आगो
निलो आकाश भरियो उठेर बादल सारा
दिन्छ प्रकाश जून मान्दैन त्यो नि हार
जलेर ज्योति छर्न तिम्रै समिप छु म
पग्लेछ यो हृदय चाहिदैन टाँस्न आगो
मर्दैन चोखो प्रेम म मरेर गए पनि
हट्दैन तिमी भित्र बिछोडै भए पनि
एकदिन त मर्ने पर्छ अजम्बरी को छ यहाँ
काफी छ यो देह जल्न गाँस्नु पर्दैन आगो
जलिसक्यो मुटु मेरो पर्दैन झोस्न आगो
लगाऊ बाँकी कहाँ छ खोस्न आउँन आगो !!
शब्द रचना :-सुमित्रा पौडेल भरतपुर चितवन
हाल:-इजरायल