|

स्वस्थ यौनसम्पर्क मानव स्वास्थ्यको लागि लाभदायक

 यौन चर्चाबाट आह्लादित नहुने व्यक्ति पाउन गार्‍है छ । यसबारे नयाँनयाँ तथ्य थाहा पाउने इच्छा जोसुकैलाई हुन्छ । यो सँगसँगै यौनबारे हाम्रो समाजमा धेरै भ्रम समेत छ । यौनजन्य भ्रम, अवैज्ञानिक मान्यता आदिका कारण मानिसले आफ्नो  भागको सुखको अनुभूति गर्न पाइरहेको स्थिति पनि उत्तिकै छ । स्वस्थ यौन सम्बन्ध मानिसका लागि हरेक दृष्टिकोणले लाभदायक छ । यसले मानिसको सम्पूर्ण स्वास्थ्यमा व्यापक प्रभाव पार्ने कुरा विभिन्न अध्ययनमा उल्लेख छ ।

पिट्सबर्ग विश्वविद्यालय र नर्थ क्यारोलाइना युनिभर्सिटीका अनुसन्धाताहरूका अनुसार यौनले अक्सिटोसिन हार्मोनको स्तरमा वृद्घ िहुन्छ । यो हार्मोनले आपसी सम्बन्ध प्रगाढ बनाउन सहायक हुन्छ । यसले गर्दा एकअर्कामा विश्वास बढ्छ । यही प्रकृतिका कारण यो हार्मोनलाई लभ हार्मोन समेत भनिन्छ । यो हार्मोनले दुई विपरीतलिंगीमा एकअर्काप्रति उदारताको भावना बढाउन सहयोग गर्छ ।

स्वस्थ यौनसम्पर्कले हाम्रो स्वास्थ्यलाई सबभन्दा बढी फाइदा पुर्‍याउने स्कटल्यान्डका अनुसन्धाताहरूले बताएका छन् । स्वस्थ सम्बन्धले रक्तचाप सामान्य बनाइराख्न सघाउँछ, तनावमा कमी ल्याउँछ । २४ महिला र २२ पुरुषमा गरिएको अध्ययनमा के पाइयो भने यौन प्रक्रियामा नियमित रूपमा संलग्न रहेकाहरूमा तनावबारे राम्रो प्रतिक्रिया देखियो ।

राम्रो यौन स्वास्थ्यको प्रत्यक्ष प्रभाव शारीरिक स्वास्थ्यमा पर्छ । विल्किस विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार सातामा एक वा दुई पटक यौन सम्बन्ध राख्नाले इम्युनोग्लोबिन नामक एन्टिबडी वृद्घ िहुन्छ । १ सय १२ विद्यार्थीमा गरिएको अध्ययनबाट थाहा भए अनुसार यो एन्टिबडीले चिसोको संक्रमणलाई रोक्न सघाउँछ ।

पुरानो भ्रम के छ भने यौनक्रियामा संलग्न हुनाले बढी उमेरकालाई हृदयाघातको खतरा हुन्छ । तर बेलायतका अनुसन्धाताहरूका अनुसार यो कुरो भ्रम मात्रै हो, यसमा कुनै तथ्य छैन । ९ सय १४ पुरुषमा अनुसन्धानपछि इपिडिमियोलजी एन्ड कम्युनिटी हेल्थको जर्नलमा छापिएको रिपोर्टमा के उल्लेख छ भने यौन क्रियाका बेला ती पुरुषलाई भएको हृदयाघातको सम्बन्ध सहवाससँग थिएन ।

टेक्सस विश्वविद्यालयका अनुसन्धाताहरूले यौनक्रियाले आत्मसम्मानमा वृद्घ िहुने बताएका छन् । 'राम्रो यौन आत्मसम्मानबाट सुरु हुन्छ,' क्याम्बि्रजकी सेक्स थेरापिस्ट जिना आगदेन भन्छिन्, 'यसले आत्मसम्मान बढाउँछ

पनि ।' आत्मसम्मानले ओतप्रोत व्यक्तिहरूलाई यौन सम्पर्कपछि फरक खाले खुसी अनुभव हुन्छ । धेरैजसो व्यक्ति यस्ता पनि छन्, जो हर्षको अनुभूति गर्न सहवासमा सरिक हुन्छन् ।

यौनले मोटोपना घटाउन सघाउँछ । आधा घन्टाको यौनक्रियामा ८५ क्यालोरी डढ्ने गर्छ । यद्यपि ८५ क्यालोरी त्यति धेरै जस्तो लाग्दैन, तर आधाआधा घन्टाकै ४२ सेसनमा ३ हजार ५ सय ७० क्यालोरी डढ्छ । यति क्यालोरी डढ्दा एक पाउन्ड तौल कम हुन्छ । अमेरिकन एसोसिएसन अफ सेक्सुएलिटी एजुकेटर्स एन्ड थेरापिस्टकी अध्यक्ष प्याट्री बि्रटनीका अनुसार यौनले शारीरिक र मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ ।

एक पटक अक्सिटोसिन हार्मोनमा कमी आउन सुरु भएपछि एन्ड्रोपि|mन हार्मोनमा वृद्घ िहुन्छ । यसले दुखाइ कम गर्छ । यसैले यौन क्रियापछि टाउकोदुखाइमा कमी आए वा आर्थराइटिसको पीडा हराए आश्चर्य नमान्नुस् । युरोलजी इन्टरनेसनलको बि्रटिस जर्नलमा छापिएको प्रतिवेदन अनुसार यौनले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा कम

हुन्छ । स्वस्थ यौन सम्बन्धमा नियमित रूपले लागेका व्यक्तिहरूमा प्रोस्टेट क्यान्सरको जोखिम कम हुन्छ ।

धेरैजसो महिलामा कम्मर छेउछाउ दुखाइको समस्या पाउने गरिन्छ । पेल्भिकब पmलोर मसल कमजोर भएकाले यस्तो

हुन्छ । यो मांसपेशी बलियो बनाउन महिला 'किगल' व्यायाम गर्छन् । यौनले पनि ठीक त्यस्तै अनुभूति हुन्छ, जस्तो किगल व्यायाममा हुन्छ । त्यसैले यौन सम्पर्कपछि महिलाहरूले कम्मरको पीडा हराएको अनुभव गर्छन् ।

एउटा अर्को अनुसन्धानले स्वस्थ यौनले राम्रो निद्रा समेत ल्याउने तथ्य प्रमाणित गरेको छ । वास्तवमा यौनक्रियापछि शरीरमा उत्पन्न अक्सिटोसिनको एउटा फाइदा यो पनि हो । राम्रो निद्राले अन्य कार्य व्यवहारलाई पनि ठीक ठाउँमा

ल्याउँछ । राम्रो निद्राले तौल र रक्तचाप नियन्त्रण गर्न सघाउँछ ।

                                                                                                                             साभार :कान्तिपुर

Posted by Butwalonline on 7:29 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्वस्थ यौनसम्पर्क मानव स्वास्थ्यको लागि लाभदायक"

Leave a reply