|

नदीले बगाएर आमा छोराको मृत्यु

झापा (गौरीगन्ज), कार्तिक १३ - कन्काई नदीले बगाएर झापामा आमा छोराको मृत्यु भएको छ । सतासीधाम–८ स्थित कन्काई नदी तर्ने क्रममा गौरादह– १ की अन्दाजी ३० वर्षीया दीपा ढकाल र उनका ७ वर्षीय छोरा दिपेशको मृत्यु भएको इलाका प्रहरी कार्यालय, झिलझिलेले जनाएको छ ।

आमाले पिठ्युँमा सलले बेरेर छोरासहित नदी तर्ने क्रममा उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मेघराज अधिकरीले बताए ।

आइतबार बिहान ७ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । उनीहरु दुवैजनाको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ ।

मृतक ढकाल लखनपुर–४ को हिमाली बोर्डिङ स्कुलकी कर्मचारी र छोरा सोही बोर्डिङमा कक्षा १ मा अध्ययनरत रहेको जनाइएको छ ।
                                                                                                                            स्रोत :कान्तिपुर न्युज 

Posted by Butwalonline on 12:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नदीले बगाएर आमा छोराको मृत्यु"

Leave a reply