पार्किङ्ग शुल्कको नाममा प्रवेश शुल्कले विवाद
मुक्तिप्रसाद न्यौपाने
कर्तिक १३, पाल्पा
तानसेन नगरपालिकाबाट शुल्क उठाउने जिम्मा पाएका व्यक्तिहरुलेनै पार्किङ्गको नाममा प्रवेश शुल्क लिएपछि विवाद शुरु भएको छ । पार्किङशुल्क उठाउन सुरु गरेको साता नबित्दै शुल्कको विवाद सुरु भएको हो ।
तानसेनमा प्रवेश गरेका सबै सवारीलाई शुल्क उठाएपछि यस्तो विवाद सुरु भएको हो । यात्रु ओराल्न र चढाउन पनि नपाएको चालक कृष्ण रानाले बताए । उनले नगरपालिकाको कडा नियमले आफुहरु मर्कामा परेको उनले बुटवल अनलाईनलाई बताए । तानसेन बसपार्कमा प्रवेश गर्ने, यात्रु ओराल्ने, चढाउने सबैसंग पार्किङ्ग शुल्क लिने गरेको पिडित सवारी मालिकको गुनासो छ । तम्घासका लागि राखिएको यात्रु ओराल्ने र चढाउने लेखिएको स्थानमा साथै घर अगाडि राखेको बससंग समेत पैसा लिने गरेको गाडी मालिक विकास शर्माले बताए ।
नगरपालिकाले स्थानीय स्वायत्त शासन नियमावली २०५४ को नियम १४७ अनुसार सर्वदलीय र सर्वपक्षीय भेला गराएर यस आर्थिकवर्षका लागि पार्किङ्ग शुल्कका लागि टेण्डर आव्हान गरेको थियो । ५ पटक सूचना प्रकाशित गर्दा समेत कसैले टेण्डर नलिएपछ ६ स्थानका लागि व्यक्तिगत र दुई स्थानमा टोल विकास संस्थालाई जिम्मा दुईसाता अघि जिम्मा दिएको हो । सर्वदलीय, प्रशासन, स्थानीय पत्रिकाका पत्रकारलाई राखेर नगरपालिकाले सम्झौता गरेको थियो । तानसेनको बसपार्क, हुलाकचोक, नारायणस्थान, मिसन, सरकारी अस्पताल, श्रीनगर उद्यँनका लागि दिनेश गन्धर्वलाई शुल्क उठाउने जिम्मेवारी तोकिएको छ । यस्तै, भिमसने–१ टोलविकास संस्थालाई टुंडिखेलको बाहिरपट्टी र विशालबजारका लागि विशालबजार टोल विकास संस्थाले शुल्क उठाउने जिम्मेवारी लिएका छन् ।
बसपार्कबाट गुल्मी, अर्घाखांची, बाग्लुङ्ग, पाल्पाकै विभिन्न स्थानमा जाने बस जानुपर्छ । तर, उनीहरुलाई पार्किङ्गको नाममा प्रवेश शुल्क लिएका छन् । रसिदमा पार्किङ्ग केरमेट गरेर प्रवेश शुल्क लेखेको समेत ट्राफिक प्रहरीले फेला पारेको छ । सरकारी अस्पताल अगाडि उठाउनुपर्ने शुल्क तम्घास सडकको छेउ पेट्रोल पम्पमै तेल हाल्ने सवारीसंग शुल्क लिने गरेका छन् ।
राजमार्गमा गुडेका र यात्रु ओराल्ने र चढाउने सवारीलाई समेत शुल्क लिएपछि यसको विवाद चर्किदै गएको छ । आईतवार मात्रै जिल्ला ट्राफिक प्रहरीले शुल्क उठाउने रसिद नियन्त्रणमा लिएको थियो । ट्राफिक प्रहरी सहायक निरीक्ष्ँक तुलबहादुर क्ष्ँेत्रीले राजमार्गमा यात्रु ओराल्ने र चढाउने गरेकालाई शुल्क लिएकाले रसिद नियन्त्रणमा लिनु परेको बताए । उनले नगरपालिकाको सम्झौता अनुसार पार्किङ्ग गरेर राख्ने, कहि जानका लागि नम्वर लगाउने सवारीसंग मात्रै शुल्क लिन पाईन्छ । नगरपालिकाले तोकेको शुल्कमा ७० प्रतिशत पाउनेछ । अन्य रकम उठाउनेलाई दिने व्यवस्था गरेको छ । मोटरसाईकलको ५, कारजीपको २० र बस, ट्रकको ३० रुपैया पार्किङ्ग शुल्क तोकेको छ ।
बजार क्षेत्रमा हुलाक अगाडिको पार्किङ्ग स्थल बाहेक पसल अगाडि पुगेर शुल्क लिने गरेका छन् । व्यवसायीले समेत यसको विरोध गरेका छन् । ‘एउटा टोपी किन्ने पसल अगाडि एक मिनेटलाई रोकेको शुल्क उठाईहाले’ सर्वसाधारण दिनेश कार्कीले भने, ‘कहि नभएको जात्रा हाडी गाउ“मा भनेजस्तै रहेछ तानसेनमा पार्किङ्ग शुल्क ।’ उनी मात्र होईन प्रत्येकले जुनसुकै स्थानमा रोकेपनि शुल्क तिर्नुपर्छ ।
तानसेन नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्रबहादुर अर्यालले प्रवेश होईन पार्किङ्ग शुल्क उठाउनुपर्ने बताए । ‘तोकिएका ८ स्थानमा मात्र शुल्क लिन पाईन्छ’ उनले भने, ‘नियम विपरीत कसैले उठाउन पाउदैन ।’ जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले नियमभन्दा बाहिर गएर शुल्क उठाएमा कानुनी कारवाहि हुने बताए । प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेले बसपार्कमा बस्ने, पालो पर्खनेलाई मात्रै शुल्क लिन पाईने बताए । उनले तत्काल नगरपालिकाले यस विषयमा कदम चाल्नुपर्ने जनाएकाछन् ।