|

पार्टी प्यालेसमा झुन्डिएर आत्महत्या

बिनोद परियार ,रुपन्देही,१३ कात्तिक । बुटवलको रोज पार्टी प्यालेसमा काम गर्ने सुरक्षा गार्डले प्यालेसभित्रै झुन्डिएर आत्महत्या गरेका छन । विगत ४ महिनादेखि प्यालेसमा सुरक्षा गार्डको काम गर्दै आएका बुटवल १३ बस्ने ४८ बर्षिय देविलाल खनालले झुन्डिएर आत्महत्या गरेका हुन् । खनालले प्यालेसको कोठामा पासो लगाए आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक नवराज पोखरेलले जनाए अनुसार पारिवारिक कारणले खनालले आत्महत्या गरेका हुन् । सुरक्षा गार्डको ड्रेसमै झुन्डिएको अवस्थामा खनालाई भेटिएको थियो । शव पोष्टमार्टमको लागि लुम्बिनी अंचल अस्पताल बुटवलमा राखिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Posted by Butwalonline on 12:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पार्टी प्यालेसमा झुन्डिएर आत्महत्या"

Leave a reply