|

नारायणगढबाट पोखरा जाँदै गरेको बस ,पहरामा ठक्कर खाँदा,सात जना घाइते

चितवन (रत्‍ननगर), कात्तिक १२- चितवन–नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गतको चण्डीभञ्ज्याङ–६ किलोमा शनिबार भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन्। नारायणगढबाट पोखरा जाँदै गरेको ना ३ ख २६९५ नम्बरको बस सडकछेउको पहरामा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

घाइतेको मुग्लिङको मेडिकलमा उपचार भइरहेको छ। बसका चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।- रासस

                                                                                                                           स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 8:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नारायणगढबाट पोखरा जाँदै गरेको बस ,पहरामा ठक्कर खाँदा,सात जना घाइते"

Leave a reply