किशोरीलाई करणी गर्न खोज्ने दुई पक्राउ
इटहरी,कात्तिक १२-घरमा कोही नभएको मौका पारेर सुनसरी खनारकी एक किशोरीलाई शुक्रबार राति जर्वरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्।
खनार-५ की १९ वर्षीया किशोरीलाई जर्बरजस्ती करणी गर्न खोज्ने दुहवी-५ का १९ वर्षीय महमद वकिल मियाँ र मोरङ हात्तीमुढाका महमद इब्राइम मियाँ पक्राउ परेका हुन्। पीडित किशोरीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।पक्राउ परेका दुवै जनालाई जर्वरजस्ती करणीमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
स्रोत :नागरिक न्युज
