|

भीरबाट हाम फालेर आत्महत्या

दैलेख, कार्तिक १३ - दैलेखको दुर्गम गाउँ तोलीजैसी आग्राका एक शिक्षकले भीरबाट हामफालेर आत्महत्या गरेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार तोलीजैसी गाविस–५ निवासी ४१ वर्षीय धीरबहादुर शाहीले शनिबार घर नजिकैको अँधेरीखोलामा हामफालेर आत्महत्या गरेका हुन् ।

प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ ।

मालिका माध्यमिक विद्यालय ठिमुरेमा राहत दरबन्दीमा अङ्ग्रेजी विषयको मावि शिक्षक पदमा कार्यरत शाही १७ वर्षदेखि शिक्षण पेशा गर्दै आएका थिए ।

प्राप्त जानकारी अनुसार शनिबार राति स्थानीय भइनी जात्रामा एकजना काका नाता पर्नेले सामान्य विवादमा गालामा चट्कन हानेपछि आत्मग्लानी भई आत्महत्या गर्न तयार भएको र यसमा कसैलाई दोष छैन भनी लेखेको चिठ्ठी प्रहरीले फेला पारेको छ ।
                                                                                                                           स्रोत : कान्तिपुर न्युज 

Posted by Butwalonline on 12:52 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भीरबाट हाम फालेर आत्महत्या"

Leave a reply